बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदनको नयाँ गीत ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ सार्वजनिक

बिहीबार, ०५ माघ २०७९, १७ : १६
बिहीबार, ०५ माघ २०७९

काठमाडौँ । अमेरिका बसेर लामो समयदेखि गीत संगीतमा सक्रिय गायक सुदन गैरेले आफ्नो नयाँ गीत ‘चाहिँदैन भो पैसाको थुप्रो नि’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । पैसा कमाउनकै लागि विदेशिनु पर्दैन,विदेश जाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने सन्देश दिने गीतमा शब्द गणेश शाहीले कोरेका छन् ।

गायक गैरेकै संगीत रहेको गीतमा पुष्कर सुनुवारको संगीत संयोजन छ । दुई युवा दम्पतिको जीवन संघर्षको कथा देखाउन खोजिएको भिडियोमा बिना राउत र सरोज प्रजाको अभिनय छ । फराज अर्पणको छायाँकन तथा सम्पादन रहेको भिडियो गणेश शाहीले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप