आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेत्री राखी सावन्त पक्राउ

बिहीबार, ०५ माघ २०७९, १७ : ३६
बिहीबार, ०५ माघ २०७९

मुम्बई । बलिउड अभिनेत्री राखी सावन्त पक्राउ परेकी छन् । अभिनेत्री शर्लिन चोपडाको उजुरीको आधारमा अम्बोली प्रहरीले उनलाई पक्राउ गरेको हो । राखी पक्राउ परेको खबर शर्लिनले आफ्नो सामाजिक संजालबाट सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘अम्बोली प्रहरीले राखी सावन्तलाई पक्राउ गरेको छ ।’ 

पक्राउ परेकी राखीलाई प्रहरीले केही समयपछि राखीलाई अन्धेरी अदालतमा उपस्थित गराउनेछ । राखीलाई आफ्नो आपत्तिजनक भिडियो तथा तस्बिर भाइरल गरेको आरोप अभिनेत्री शर्लिनले लगाएकी छन् । शर्लिनले गत बर्ष राखी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।

राखी पछिल्लो समय विवाह र आमा बिरामी भएको कारण लगातार चर्चामा छिन् । उनी अहिले निकै कठिन अवस्थाबाट समेत गुज्रिरहेकी छन् । केही अगाडि पहिले आदिल खानले उनीसँग विवाह अस्वीकार गरेका थिए । पछि स्वीकार समेत गरे । उनको आमाको स्वास्थ्य बिरामीका कारण नाजुक बन्दै गइरहेको छ । केही अगाडि उनी प्रेग्नेन्सीको कारणले पनि  चर्चामा रहेकी थिइन् ।  –अमर उज्याला

1
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप