अभिनेत्री राखी सावन्त पक्राउ
मुम्बई । बलिउड अभिनेत्री राखी सावन्त पक्राउ परेकी छन् । अभिनेत्री शर्लिन चोपडाको उजुरीको आधारमा अम्बोली प्रहरीले उनलाई पक्राउ गरेको हो । राखी पक्राउ परेको खबर शर्लिनले आफ्नो सामाजिक संजालबाट सार्वजनिक गरेकी छन् । उनले लेखेकी छन्, ‘अम्बोली प्रहरीले राखी सावन्तलाई पक्राउ गरेको छ ।’
पक्राउ परेकी राखीलाई प्रहरीले केही समयपछि राखीलाई अन्धेरी अदालतमा उपस्थित गराउनेछ । राखीलाई आफ्नो आपत्तिजनक भिडियो तथा तस्बिर भाइरल गरेको आरोप अभिनेत्री शर्लिनले लगाएकी छन् । शर्लिनले गत बर्ष राखी विरुद्ध प्रहरीमा उजुरी दर्ता गराएकी थिइन् ।
राखी पछिल्लो समय विवाह र आमा बिरामी भएको कारण लगातार चर्चामा छिन् । उनी अहिले निकै कठिन अवस्थाबाट समेत गुज्रिरहेकी छन् । केही अगाडि पहिले आदिल खानले उनीसँग विवाह अस्वीकार गरेका थिए । पछि स्वीकार समेत गरे । उनको आमाको स्वास्थ्य बिरामीका कारण नाजुक बन्दै गइरहेको छ । केही अगाडि उनी प्रेग्नेन्सीको कारणले पनि चर्चामा रहेकी थिइन् । –अमर उज्याला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण