कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत
सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् । प्रदेश सभाको छटौं बैठकमा बोल्दै मुख्यमन्त्री शर्माले विश्वासको मत मागेका हुन् । कर्णालीको सामाजिक, आर्थिक सुचकाङ्कहरुको सुधार ल्याउनदेखि ‘समृद्धि कर्णाली’ बनाउनका लागि साझा पहल आवाश्यक रहेको शर्माले बताए ।
साथै उनले कर्णालीको रोजगारी सृजना गर्ने उद्देश्यका साथ वार्षिक १० हजार व्यक्तिलाई रोजगारीमा जोड्ने बताए ।
शर्माले प्रदेश सरकारबाट किसानलाई ब्याज दिएर किसानलाई उत्साहित पूर्ण वातावरण सृजना गरिने समेत उल्लेख गरे । ‘कर्णालीमा तुईन विस्तापित गर्नका लागि स्थानीय तहसँग समन्वय गरिनेछ,’ शर्माले भने,‘ कर्णालीमा स्थापना हुने उद्योगलाई करमा छुट दिइने छ, जसले उद्योग स्थापना टेवा पुग्ने अपेक्षा लिएको छु ।’
उनले चालु आर्थिक वर्षमा प्रदेश सरकारले लिएका नीतिहरु जस्ताको त्यस्तै प्रयोग गरिने समेत बताए ।
‘प्रदेशका प्रथम पञ्चबर्षीय गुरुयोजनालाई कार्यान्वयन गरिनेछ,’ शर्माले भने,‘ कर्णाली सुनको डल्लो हो, यसलाई गहना बनाएर लगाउन आफु अग्रसर भई कर्णाली समृद्धिको बाटोमा अघि बढ्ने प्रतिबद्धता जनाउँदै विश्वासको मत माग्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९२ वर्षको खडेरी तोड्ने इजिप्टको दाउ, अस्ट्रेलियालाई बलियो डिफेन्सको भर
-
देउवा समूहले सम्पर्क कार्यालय असार २२ गते औपचारिक उद्घाटन गर्ने
-
मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : सुरेश हमाललाई मरणोपरान्त ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’
-
सुदूरपश्चिम स्पोर्टस् अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको उपाधि दीपेन्द्रसिंह ऐरीलाई
-
सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : उत्कृष्ट महिला खेलाडीको अवार्ड मानमती विष्टलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण