सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

विमानभित्र महिलामाथि शौच गर्ने मामिला : एयर इन्डियामाथि ३० लाख जरिवाना, पाइलटको लाइसेन्स निलम्बन

शुक्रबार, ०६ माघ २०७९, १४ : ४४
शुक्रबार, ०६ माघ २०७९

विमानमा वृद्ध महिलामाथि सहयात्रीद्वारा पिसाब फेरेको मामिलामा एयर इन्डियामाथि नागरिक उड्डयन प्राधिकरण (डिजिसीए) ले ३० लाख भारु जरिवाना लागेको छ ।

समाचार एजेन्सी एएनआईले डीजीसीएलाई उद्धृत गर्दै एयर इन्डियालाई ‘नियमहरूको उल्लङ्घन’ गरेकोमा जरिवाना गरिएको जानकारी दिइएको छ ।

डिजिसिएले सम्बन्धित एयर इन्डिया उडानका पाइलट–इन–कमान्डको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ ।

डिजिसिएका अनुसार उनले आफ्नो कर्तव्य पूरा गर्न असफल भए । डिजिसिएले एयर इन्डियाको फ्लाइट सर्भिसेजका निर्देशकमाथि तीन लाख भारु जरिवाना लगाएका छन् ।

यो घटना नोभेम्बरको हो तर करिब डेढ महिनापछि सार्वजनिक भएको हो । यस मुद्दामा आरोपी शंकर मिश्र पक्राउ परेका छन् ।

एयर इन्डियाले उनलाई चार महिनाको लागि उडान प्रतिबन्ध लगाएको छ । विमान अमेरिकाको न्यूयोर्कबाट दिल्ली आउँदै थियो । पीडित महिला विमानको फर्स्ट क्लासमा सवार थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप