विमानभित्र महिलामाथि शौच गर्ने मामिला : एयर इन्डियामाथि ३० लाख जरिवाना, पाइलटको लाइसेन्स निलम्बन
विमानमा वृद्ध महिलामाथि सहयात्रीद्वारा पिसाब फेरेको मामिलामा एयर इन्डियामाथि नागरिक उड्डयन प्राधिकरण (डिजिसीए) ले ३० लाख भारु जरिवाना लागेको छ ।
समाचार एजेन्सी एएनआईले डीजीसीएलाई उद्धृत गर्दै एयर इन्डियालाई ‘नियमहरूको उल्लङ्घन’ गरेकोमा जरिवाना गरिएको जानकारी दिइएको छ ।
डिजिसिएले सम्बन्धित एयर इन्डिया उडानका पाइलट–इन–कमान्डको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरेको छ ।
डिजिसिएका अनुसार उनले आफ्नो कर्तव्य पूरा गर्न असफल भए । डिजिसिएले एयर इन्डियाको फ्लाइट सर्भिसेजका निर्देशकमाथि तीन लाख भारु जरिवाना लगाएका छन् ।
Air India (AI) passenger urinating case of Nov 26 |
— ANI (@ANI) January 20, 2023
DGCA imposes a fine of Rs 30 lakhs on Air India for violation of rules, suspends the license of Pilot-In-Command of the flight for 3 months for failing to discharge his duties&Rs 3 lakhs fine on AI's Director-in-flight services
यो घटना नोभेम्बरको हो तर करिब डेढ महिनापछि सार्वजनिक भएको हो । यस मुद्दामा आरोपी शंकर मिश्र पक्राउ परेका छन् ।
एयर इन्डियाले उनलाई चार महिनाको लागि उडान प्रतिबन्ध लगाएको छ । विमान अमेरिकाको न्यूयोर्कबाट दिल्ली आउँदै थियो । पीडित महिला विमानको फर्स्ट क्लासमा सवार थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण