शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उडिरहेको विमानभित्र महिलामाथि पिसाब फेरिदिने व्यक्तिलाई प्रहरीले कारवाही गर्ने

बिहीबार, २१ पुस २०७९, १५ : ५४
बिहीबार, २१ पुस २०७९

एयर इन्डियाको विमानभित्र वृद्धामाथि पिसाब फेरिदिने व्यक्तिलाई दिल्ली प्रहरीले कारबाही गर्ने भएको छ ।

दिल्ली प्रहरीले बिहीबार दिएको जानकारीमा एयर इन्डियाको विमानमा एक महिलामाथि  पिसाब फेरिदिने व्यक्तिलाई छिट्टै पक्राउ गरिने बताइएको छ ।

दिल्ली पुलिसले भन्यो, ‘आरोपी मुम्बईको बासिन्दा हुन्, तर उनको हालको लोकेशन अर्को राज्यको आइरहेको छ र पुलिस त्यहाँ पुगेको छ । हामी छिट्टै आरोपीलाई पक्राउ गर्नेछौं ।’

प्रहरीले उक्त व्यक्तिलाई पक्राउ गर्न टोली गठन गरेको जनाएको छ । गत वर्ष नोभेम्बरमा अमेरिकाको न्युयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा एक पुरुषले एक महिलामाथि पिसाब गरेको आरोप छ ।

पुलिसले मुद्दा दर्ता गरेको छ ।

पीडित र अभियुक्त दुवै दिल्ली बाहिरका बासिन्दा हुन् । एयर इन्डियाले आरोपितलाई ३० दिनका लागि प्रतिबन्ध लगाएको जनाएको छ । उनका अनुसार यसविरुद्ध कडा कारबाही हुन सक्दैन ।

एयर इन्डियाका प्रवक्ताले भने, ‘एयर इन्डियाले यो विषयलाई गम्भीरताका साथ लिएको छ... यस सम्बन्धमा उजुरी दर्ता गरिएको छ । पीडित यात्रुलाई न्याय दिलाउनका लागि एयर इन्डिया कानुनी एजेन्सीहरूलाई सहयोग गर्न प्रतिबद्ध छ ।’

यसका साथै महिला आयोगले दिल्ली प्रहरी आयुक्तसँग सात दिनभित्र विस्तृत रिपोर्ट पनि मागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप