मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विमानभित्र वृद्धामाथि पिसाब फेरेका व्यक्ति  जागिरबाट बर्खास्त

शुक्रबार, २२ पुस २०७९, २० : ५०
शुक्रबार, २२ पुस २०७९

एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब फेरेको आरोप लागेका व्यक्तिलाई उनको रोजगारदाताले कारवाही गरेको छ । कम्पनीले उनलाई बर्खास्त गरेको जानकारी दिएको छ ।

अमेरिकी वित्तीय सेवा कम्पनी ‘वेल्स फार्गो’ले शुक्रबार शंकर मिश्रालाई बर्खास्त गरेको बताएको छ ।

‘ती व्यक्तिलाई बर्खास्त गरिएको छ,’ वेल्स फार्गोले एक विज्ञप्तिमा भनेको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार कम्पनीले भन्यो, ‘(उनी विरुद्धको) आरोपहरू विचलित पार्ने खालका छन् ।’

कम्पनीले अनुसन्धान एजेन्सीसँग सहकार्य गरिरहेको जनाएको छ ।

यसअघि मिश्रले घटनाप्रति माफी मागेका थिए र महिलालाई उजुरी नगर्न आग्रह गरेका थिए । यस घटनाबाट श्रीमती र छोराछोरी प्रभावित नहुन् भन्ने आफूले नचाहेको मिश्रले बताए ।

एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो ।

नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको विमानमा मिश्राले एक वृद्धामाथि पिसाब फेरेको आरोप लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप