विमानभित्र वृद्धामाथि पिसाब फेरेका व्यक्ति जागिरबाट बर्खास्त
एयर इन्डियाको फ्लाइटमा एक वृद्ध महिलामाथि पिसाब फेरेको आरोप लागेका व्यक्तिलाई उनको रोजगारदाताले कारवाही गरेको छ । कम्पनीले उनलाई बर्खास्त गरेको जानकारी दिएको छ ।
अमेरिकी वित्तीय सेवा कम्पनी ‘वेल्स फार्गो’ले शुक्रबार शंकर मिश्रालाई बर्खास्त गरेको बताएको छ ।
‘ती व्यक्तिलाई बर्खास्त गरिएको छ,’ वेल्स फार्गोले एक विज्ञप्तिमा भनेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार कम्पनीले भन्यो, ‘(उनी विरुद्धको) आरोपहरू विचलित पार्ने खालका छन् ।’
कम्पनीले अनुसन्धान एजेन्सीसँग सहकार्य गरिरहेको जनाएको छ ।
यसअघि मिश्रले घटनाप्रति माफी मागेका थिए र महिलालाई उजुरी नगर्न आग्रह गरेका थिए । यस घटनाबाट श्रीमती र छोराछोरी प्रभावित नहुन् भन्ने आफूले नचाहेको मिश्रले बताए ।
एयर इन्डियामा गुनासो आएपछि दिल्ली प्रहरीले बुधबार यस मामिलामा एफआईआर पनि दर्ता गरेको थियो ।
नोभेम्बर २६ मा न्युयोर्कबाट दिल्लीका लागि एयर इन्डियाको विमानमा मिश्राले एक वृद्धामाथि पिसाब फेरेको आरोप लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण