शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाबाट दिल्ली जाँदै गरेको विमानमा अत्यधिक मादक पदार्थ पिएका व्यक्तिले गरे ‘लज्जास्पद व्यवहार’

बुधबार, २० पुस २०७९, १२ : ४३
बुधबार, २० पुस २०७९

नयाँ दिल्ली ।  न्युयोर्कबाट दिल्ली जाँदै गरेको एयर इन्डियाको विमानमा मादक पदार्थ सेवन गरेका एक व्यक्तिले एक वृद्ध महिलामाथि पिसाब फेरिदिएका छन् । यो विषय एक महिनाभन्दा पुरानो भए पनि अहिले चर्चामा आएको छ ।

धेरैले यसलाई ‘चकित पार्ने खालको र लाजमर्दो’ घटना बताएका छन् । नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले पनि यस विषयमा रिपोर्ट माग गरेको  छ ।

ती वृद्धा विमानको बिजनेस क्लासमा थिइन् । यस्तै, घटनाका बेला ती पुरुष यात्री रक्सीले मातेका थिए ।

नागरिक उड्डयन महानिर्देशनालय (डिजिसीए) ले एयर इन्डियालाई यस विषयमा प्रतिवेदन बुझाउन भनेको छ ।

डिजिसीएले बुधवार भनेको छ, ‘हामीले एयरलाइनबाट रिपोर्ट मागिरहेका छौँ र लापरवाहीको लागि सम्बन्धित व्यक्तिलाई कारबाही गरिनेछ ।’

समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै एयर इन्डियाका एक अधिकारीले भने, ‘एयर इन्डियाले यस विषयमा उजुरी दिएको छ ।’

उनले भने, ‘यो घटना नोभेम्बर २६ मा न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली आउँदै गर्दा भएको थियो ।’

एयर इन्डियाले एक आन्तरिक समिति गठन गरेको थियो जसले पुरुष यात्रुलाई ‘नो फ्लाई लिस्ट’ मा राख्न सिफारिस गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप