सोलुका एकसय दस सामुदायिक विद्यालय बन्द
सोलुखुम्बु । यहाँका एकसय १० सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाका दुई सय ६८ सामुदायिक विद्यालयमध्ये एक सय सय १० यतिखेर बन्द छन् । आठ पालिका रहेको जिल्लाको सोताङ गाउँपालिकाबाहेक अन्य सबै पालिकाका अधिकांश विद्यालय बन्द छन् । खुम्बु पासाङल्हामु गाउँपालिकामा रहेका १७ विद्यालयमध्ये १४ बन्द छन् भने सोलुदूधकुण्ड नगरपालिकाका ६२ विद्यालयमध्ये ५८ बन्द रहेको शिक्षा शाखा संयोजक सन्तोषकुमार राउतले बताए ।
खुम्बुमा पुस दोस्रो साताबाट ४० दिनसम्मका लागि विद्यालय बन्द गरेको खुम्बुका गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए । नगरपालिकाभित्रका विद्यालय यही माघ २५ गतेपछि मात्रै खुल्ने जनाइएको छ । थुलुङदूधकोसी गाउँपालिकाका ५२ विद्यालयमध्ये १२ बन्द रहेको पालिकाका प्रवक्ता भोजराज कार्कीले बताए । यस्तै महाकुलुङ गाउँपालिकाका २० मध्ये सात विद्यालय बन्द रहेको पालिकाका शिक्षा शाखा संयोजक झमक कटवालको भनाइ छ । लिखुपिके गाउँपालिकाका २२ विद्यालयमध्ये सात बन्द रहेको शिक्षा शाखाप्रमुख गोमादेवी खड्काले बताइन् ।
नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईका अनुसार पालिकाभित्र रहेका ३४ मध्ये तीन विद्यालय बन्द छन् । माप्यदूधकोसी गाउँपालिकाका ३९ मध्ये चार विद्यालय बन्द छन् । हिमाली भेगमा चिसो अत्यधिक हुने भएको धेरैजसो विद्यालयले प्रत्येक वर्ष पुस÷माघमा जाडो बिदा दिने गरेका छन् भने केहीले बर्खे बिदा दिने गरेको शिक्षा विकास तथा समन्वय एकाइ सोलुखुम्बुका प्रमुख खगेन्द्र श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण