आठ हजार वर्षअघि मानिसले दूध पिउन थालेपछि उचाइ बढ्न थालेको अनुसन्धानको खुलासा
आइतबार, ०८ माघ २०७९, १५ : २१
आठ हजार वर्षअघि मानिसले दूध पिउन थालेपछि उनीहरुको उचाइ बढ्न थालेको एक अनुसन्धानले खुलासा गरेको छ ।
८,००० वर्ष पुरानो कंकालको एक नयाँ अध्ययनले मानिसहरुले दूध पिउन सुरु गरेपछि उनीहरुको उचाइ बढ्न थालेको निष्कर्ष निकालेको छ ।
यो निष्कर्षमा पुग्न क्यानडाको वेस्टर्न ओन्टारियो विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले तीन हजारभन्दा बढी कंकालको अध्ययन गरेका थिए ।
आठ हजार वर्षअघि जब मानिसको एक समूहले ल्याक्टोज खान थाले तब उनीहरूको उचाइ बढ्न थालेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् ।
अनुसन्धानकर्ताका अनुसार युरोपका केही भागमा मानिसको उचाइमा त्यति नै बेला वृद्धि भयो जब डेयरी उत्पादन आफ्नो प्रारम्भिक अवस्थामा थियो ।
दूध पिउँदा मानिसको पोषणमा पनि वृद्धि भयो र यसैकारण मानिसको उचाइ बढ्न थाल्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण