शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकाको क्यालिफोर्नियामा गोलीबारी, प्रत्यक्षदर्शीले भने– एक व्यक्ति मेसिन गन लिएर घुमिरहेका छन्

आइतबार, ०८ माघ २०७९, १६ : ०२
आइतबार, ०८ माघ २०७९

अमेरिकाको क्यालिफोर्नियामा गोलीबारीको घटनामा थुप्रै जना घाइते भएको खबर छ । लस एन्जलसबाट करिब १२ किलोमिटर पूर्वमा रहेको मोन्टेरे पार्कमा गोलीबारी भएको हो । घटना स्थानीय समयानुसार शनिबार राती १० बजेको हो ।

यहाँ चिनियाँ नयाँ वर्ष मनाइँदै थियो, जसका कारण हजारौं मानिसहरू भेला भएका थिए । गोलीबारीमा कसैको मृत्यु र घाइतेको  विषयमा अहिलेलाई कुनै जानकारी दिइएको छैन ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा पार्कमा ठूलो संख्यामा प्रहरीको उपस्थिति रहेको देख्न सकिन्छ । एक प्रत्यक्षदर्शीले लस एन्जलस टाइम्ससँगको कुराकानीमा तीनजना उनको रेष्टुरेन्टमा दौडिएको आएको र इलाकामा एक व्यक्ति मेसिनगन बोकेर हिँडिरहेकोले ढोका लगाउन आग्रह गरेको बताए ।  

गत वर्ष साताव्यापी नयाँ वर्ष महोत्सवमा एक लाखभन्दा बढी मानिस भेला भएका थिए । मोन्टेरी पार्कको जनसंख्या लगभग ६०,००० छ र यो ठूलो एसियाली समुदायको घर हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप