तीन वर्षपछि बालीमा चिनियाँ पर्यटकको आगमन
डेन्पसार । कोरोना महामारीका कारण चीनले आफ्ना नागरिकलाई यात्रामा लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै आमोदप्रमोदका निम्ति इण्डोनेशियाको प्रख्यात बाली टापुमा दुई सय ५० चिनियाँ पर्यटक बोकेको विमान अवतरण गरेको छ । तीन वर्षको अन्तरालमा चिनियाँ पर्यटक बाली आएका हुन् ।
चीनको ग्वाङडोङ प्रान्तको सेञ्जेनबाट इण्डोनेशियका लायन एयरले चार्टर गरेको विमानबाट बाली आएका चिनियाँ पर्यटकले कोभिड–१९ नियन्त्रणका खातिर जारी गरिएको निषेधाज्ञा हटाएर पुनः अन्तर्राष्ट्रिय यात्राको अनुमति प्राप्त भएकामा आफूहरू हर्षित भएको बताए । चिनियाँ पर्यटक एन पेइले लामो समयपछि यात्रा गर्न पाएकामा आफूलाई आनन्दानुभूति भएको बताइन् । नयाँ वर्षलाई दृष्टिगन गरी चीन सरकारले गत पुस ८ गते यात्रा प्रतिबन्ध हटाएको थियो । गत आइतबार चीनभर नयाँ वर्ष मनाइएको थियो ।
लायन एयरले प्रारम्भिक चरणमा सेञ्जेन– बाली उडान सातामा एकपटक गर्ने बताएको छ । इण्डोनेशियाले यो वर्ष चीनबाट दुई लाख ५५ हजार पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । गत वर्षका प्रथम १० महिनामा ९४ हजार नौ सय २४ जना चिनियाँ पर्यटकले इण्डोनेशिया भ्रमण गरेका थिए । महामारी प्रारम्भ हुनुअघि २० लाखभन्दा बढी चिनियाँ पर्यटकले वर्सेनि इण्डोनेशिया भ्रमण गर्दै आएका थिए । चिनियाँ पर्यटकको आगमनसँगै यो वर्ष देशको समग्र पर्यटक आगमनको लक्ष्यमा योगदान पुग्ने विश्वास इण्डोनेशियाली पर्यटन मन्त्रालयले गरेको छ ।
सन् २०२३ मा इण्डोनेशियाले ३५ लाखदेखि ७४ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य निर्धारण गरेको छ । इण्डोनेशियाको पर्यटनका निम्ति चीन सबैभन्दा ठूलो बजार हो । इण्डोनेशिया सरकारले अधिकभन्दा अधिक चिनियाँ पर्यटकलाई आकर्षित गर्न बेइजिङ, साङ्घाई, ग्वाञ्जाओजस्ता प्रमुख शहरमा सिधा उडान सञ्चालन गर्ने सम्भावनाको खोजी गरिरहेको छ । (रासस /एपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण