नाइजेरियामा नेपालीद्वारा छैटौँ पटक रक्तदान
सोमबार, ०९ माघ २०७९, ०६ : ५७
लागोस । गैरआवासीय नेपाली सङ्घ नाइजेरिया, नेपाली रक्तदाता सङ्घ नाइजेरिया , केरला समाजम नाइजेरिया र रोटरी क्लब अफ लागोस पामग्रुभको संयुक्त आयोजनामा आज लेगोसको इलेपेजुको हिन्दू मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए नाइजेरियाका अध्यक्ष वीरेन्द्र गुप्ता, भीम थापा, खुश्बु अर्याल, बिदुर घिमिरे, राजु धिताल , विशाल रानाभाट, रमेश गुप्ता , सुरज गिरी, शंकर वर्मा, प्रशान्त चन्द लगायत करिब पाँच दर्जनले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रमको प्राविधिक संयोजन लेगोस राज्य सरकारको रक्त सञ्चार केन्द्रले गरेको थियो । रक्तदाताहरूलाई गैरआवासीय नेपाली सङ्घका पूर्व कोषाध्यक्ष हिक्मत थापा लगायत अतिथिहरूले प्रमाणपत्र वितरण गरेका थिए । सङ्घको सहभागिताको लेगोसमा सम्पन्न योछैटौँरक्तदान कार्यक्रम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण