नाइजेरियामा नेपालीद्वारा छैटौँ पटक रक्तदान
सोमबार, ०९ माघ २०७९, ०६ : ५७

लागोस । गैरआवासीय नेपाली सङ्घ नाइजेरिया, नेपाली रक्तदाता सङ्घ नाइजेरिया , केरला समाजम नाइजेरिया र रोटरी क्लब अफ लागोस पामग्रुभको संयुक्त आयोजनामा आज लेगोसको इलेपेजुको हिन्दू मन्दिरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए नाइजेरियाका अध्यक्ष वीरेन्द्र गुप्ता, भीम थापा, खुश्बु अर्याल, बिदुर घिमिरे, राजु धिताल , विशाल रानाभाट, रमेश गुप्ता , सुरज गिरी, शंकर वर्मा, प्रशान्त चन्द लगायत करिब पाँच दर्जनले रक्तदान गरेका छन् ।
उक्त कार्यक्रमको प्राविधिक संयोजन लेगोस राज्य सरकारको रक्त सञ्चार केन्द्रले गरेको थियो । रक्तदाताहरूलाई गैरआवासीय नेपाली सङ्घका पूर्व कोषाध्यक्ष हिक्मत थापा लगायत अतिथिहरूले प्रमाणपत्र वितरण गरेका थिए । सङ्घको सहभागिताको लेगोसमा सम्पन्न योछैटौँरक्तदान कार्यक्रम हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघ स्ववियु निर्वाचन घोषणापत्र तयारी समितिमा सदस्य थप
-
स्याङजामा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
-
डीपी अर्याललाई कार्यकारी सभापति बनाउने रास्वपाको तयारी
-
चैत्यदेवी र वसुन्धराले एमाले अध्यक्ष ओलीलाई किन भेटे ?
-
त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडी बन्द प्रशिक्षणमा
-
नयाँ विप्रेषण विनियमावली जारी, के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)