दीपकराज गिरीले भने-रवि र बालेनलाई ५ वर्ष विश्वास गरौं
मङ्गलबार, १० माघ २०७९, २० : ४७
काठमाडौँ । कलाकार दीपकराज गिरीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडांै महानगरपालिकाको मेयर बालेन शाहलाई काम गर्न दिनुपर्ने बताएका छन् ।
पछिल्लो समय रवि र बालेनले गरेको कामको विषयमा सामाजिक सञ्जालमा विभिन्न अविश्वासको टिका टिप्पणी हुन थालेपछि दुबैलाई कामका लागि कम्तीमा पनि ५ वर्ष विश्वास गर्न उनले सबैलाई अनुरोध गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हामीले काँग्रेस, एमाले र माओवादीलाई वर्षाै विश्वास गर्यौ । अब रवि र बालेनहरु आएका छन् । उनीहरूलाई कमसेकम ५ वर्ष त विश्वास गरौ ।’
पछिल्लो समय मेयर बालेनले बनाउने भन्दा भत्काउने काम धेरै गरेको र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हत्या अभियोगमा फरार रहेका लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भनेर सामाजिक सञ्जालमा टिका टिप्पणी बढी हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण