माओवादी केन्द्र र नेसपाबीच पार्टीको नाममा जुट्न सकेन सहमति
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीचको एकता पार्टीको नाम के हुने भन्ने विषयमा अड्किएको छ ।
माओवादी केन्द्रका वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र नेसपाका वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठबीच दुई पटक छलफल गरेपनि अन्तिममा पार्टीको नामलाई लिएर अड्किएको हो ।
नेसपा वार्ता टोलीका संयोजक श्रेष्ठले नेकपा नराखेर समाजवादी पार्टी बनाउनुपर्ने अडान राखेका छन् । माओवादी केन्द्रका वार्ता टोली संयोजक महरासहितको टोली पार्टीको नाम नयाँ राखेपनि नेकपा छुटाउन नहुने पक्षमा पुगेका छन् ।
‘माओवादी केन्द्र र नेसपाबीच पार्टी एकता गर्ने विषयमा कुनै शंका छैन । कुनै कन्फ्यिूजनपनि छैन’ प्रधानमन्त्री प्रचण्ड निकट एक नेताले भने, ‘हामी पार्टीको नाम समाजवादी राखेपनि नेकपा राख्नुपर्छ भन्ने छौं । उहाँहरु(नेसपा) नेकपा राख्न हुन्न भन्ने पक्षमा हुनुहुन्छ । कुरा त्यसमा मिलिराखेको छैन ।’ पार्टी एकताका विषयमा वार्ता टोलीबाट कुरा नमिल्ने देखिएपछि शिर्ष नेताहरु बसेर टुंगो लगाइने भएको छ ।
अब माओवादी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराई बसेर पार्टी एकताका विषयमा छलफल गरेर टुंगो लगाउने जिम्मा दिएको दिएको छ । पार्टीको चुनाव चिन्हका विषयमा भने कुनै समस्या नहुने नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण