टिपर खोलामा खस्दा एक जनाको मृत्यु
बिहीबार, १२ माघ २०७९, ०९ : ३७
रुपन्देही । बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका वडा नंं ५ केराबारीमा टिपर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार ना ८ ख ७९२४ नम्बरको टिपर सडकबाट खोलामा खसेको हो ।
बुधबार राती भएको दुर्घटनामा चालक स्याङ्जा गल्याङ नगरपालिका–१ का राम्दीका २२ वर्षीय सरोज न्यौपानेको ज्यान गएको हो ।
दुर्घटना भई टिपर सडकबाट खसेपछि घटनास्थलमा पुगेको प्रहरीले बुधबार राती खोजतलास गरे पनि चालकलाई फेला नपारेपछि बिहीबार बिहान पुनः खोजी गर्ने क्रममा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण