राष्ट्रपति चयन राष्ट्रिय सहमतिमै हुन्छ : नेता कोइराला
शुक्रबार, १३ माघ २०७९, ०८ : १०
नवपरासी । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नयाँ राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमै हुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले देशको आगामी राष्ट्रपति राष्ट्रिय सहमतिमै चयन हुने दाबी गरेका हुन् ।
कांग्रेस नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेर संविधान कार्यान्वयनलाई मजबुत बनाएको र कांग्रेसको अबको ध्यान राष्ट्रपतिको निर्वाचनमा रहेको उनको भनाइ थियो । नेता कोइरालाले कांग्रेसको प्रस्तावमा अबको राष्ट्रपति राष्ट्रिय सहमतिमा चयन हुने विश्वास व्यक्त गरे ।
राष्ट्रिय सहमति बनाउन संसद्को ठूलो दल कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिएकाले पनि अबको राजनीति राष्ट्रिय सहमतिको बाटोमा गएको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण