मधेश प्रदेशका दुई मन्त्रीले गरे पदभार ग्रहण
शुक्रबार, १३ माघ २०७९, १३ : ३८
जनकपुरधाम । बिहिबार जिम्मेवारी तोकिएका मधेस प्रदेशका दुई मन्त्रीले शुक्रबार पदभार ग्रहण गरेका छन् । भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका एमाले दलको नेता समेत रहेका सरोजकमुार यादव र जनमत पार्टीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका बसन्त कुशवाहाले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै भौतिक तथा पूर्वाधार मन्त्री यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने पहिलो निर्णय बताए ।

त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुशवाहाले किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने पहिलो निर्णय गरेको हो । प्रदेशमा जनमत पार्टीले यसअघि सहमतिका आधारमा सामाजिक विकास मन्त्रालय पाएका थियो । तर, बिहिबार सहमति हेरफेर गरेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण