मधेश प्रदेशका दुई मन्त्रीले गरे पदभार ग्रहण
शुक्रबार, १३ माघ २०७९, १३ : ३८
जनकपुरधाम । बिहिबार जिम्मेवारी तोकिएका मधेस प्रदेशका दुई मन्त्रीले शुक्रबार पदभार ग्रहण गरेका छन् । भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका एमाले दलको नेता समेत रहेका सरोजकमुार यादव र जनमत पार्टीबाट भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका बसन्त कुशवाहाले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै भौतिक तथा पूर्वाधार मन्त्री यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर काम अगाडी बढाउने पहिलो निर्णय बताए ।
त्यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुशवाहाले किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने पहिलो निर्णय गरेको हो । प्रदेशमा जनमत पार्टीले यसअघि सहमतिका आधारमा सामाजिक विकास मन्त्रालय पाएका थियो । तर, बिहिबार सहमति हेरफेर गरेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुवाँखोलाको पानी लिफ्टिङ गरेर जन्तेढुङ्गामा निकालिने
-
जापानी विदेशमन्त्रीको नेपाल भ्रमणको तयारी पूरा, के–के छन् एजेण्डा ?
-
ड्राइभिङ लाइसेन्स छापिसक्न अझै डेढ वर्ष लाग्छ : मन्त्री महासेठ
-
डिसेम्बरमा मरेको मान्छेले जनवरीमा जमानत मागेपछि....
-
दोस्रो बलमै आउट भए आसिफ शेख
-
प्रभावकारी बन्दै हेटौँडाको न्यायिक समिति, नौ महिनामा १२७ उजुरी मिलापत्र