शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मलेसियामा इन्टरनेशनल सोसियल अवार्ड सम्पन्न

शनिबार, १४ माघ २०७९, २२ : १३
शनिबार, १४ माघ २०७९

मलेसिया। क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्टको आयोजनामा मलेसियाको क्वालालम्पुरमा चौथो ईन्टरनेशनल सोसियल अर्वाड सम्पन्न भएको छ । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलको प्रमुख आतिथ्यतामा  भएको कार्यक्रममा विभिन्न विधामा अर्वाड प्रदान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन राजदूत पौडेलले श्रमिक नेपालीहरुको हकहितको लागि निरन्तर कृयाशील रहको बताए । उनले मलेसियामा रहेका सबै नेपालीको सुखदुखमा राजदूतावास सधैं साथमा रहेको बताए । गैरकानुनी ढंगले मलेसिया बसिरहेका र समस्यामा परेका हजारौं नेपालीहरुलाई उद्धार गरिरहेको स्मरण गर्दै राजदूत पौडेलले रोजगारीमा मलेसिया आउँदा सबै कुरा बुझेर मात्रै आउन अनुरोध गरे । मलेसियामा रहेका हरेक नेपालीको समस्या समाधानको निम्ति दूतावासले पहल गरिरहेको उनले प्रष्ट पारे ।

कार्यक्रममा बिशिष्ट अतिथि गैरआवासीय नेपाली संघ एनआरएनए आईसिसिका केन्द्रीय सचिव एवम् इन्टरनेशनल सोसियल अवार्डबाट सम्मानित खगेन्द्र न्यौपानेले प्रवासमा रहेका नेपालीहरुको हकहितको निम्ति व्यक्तिगत र संस्थागत रुपमा क्रियाशील रहेको जनाउँदै विदेशमा समस्यामा परेका नेपालीहरुको उद्धार, राहत तथा सहयोगमा आफु निरन्तर सक्रिय रहेको बताए । सचिव न्यौपानेले प्रवासमा कमाएको रकम नेपालमा लगानी गर्न सबै विदेशमा रहेका नेपालीहरुलाई आव्हान गर्दै देश विकासमा विदेशमा रहेका नेपालीहरुको ठुलो योगदान रहेको बताए ।

3

कार्यक्रममा बिशिष्ट अतिथि गैरआवासीय नेपाली सघ एनआरएनए आईसिसिका मध्यपूर्व संयोजक एवम् कोभिड हिरो अर्वाडबाट सम्मानित मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले अर्वाडले सामाजिक क्षेत्रमा क्रियाशील हुन उर्जा थपेको बताए । लामो समयदेखि प्रवासमा रहेर प्रवासी नेपालीहरुको हकहितका निम्ति क्रियाशील गोर्खालीले कोभिडको समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्टले सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई सम्मान स्वरुप अवार्ड कार्यक्रम गरिएको क्रियटिभ मिडिया एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रालीका अध्यक्ष सुनील खड्काले वताए । यस वर्ष जिरो माईल (रिमिक्स धमाका) सँगको सहकार्यमा संयुक्त रुपमा कार्यक्रम गरिएको हो । अर्वाड कार्यक्रम पछि भव्य सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा चर्चित कलाकारहरू आनन्द कार्की, प्रीति आले, खेम सेन्चुरी, जेनिस उप्रेती, अञ्जली अधिकारी, प्रीति पासवान, रमेश दुलाल कागेसहितको भव्य सांस्कृतिक प्रस्तुति पनि रहेको थियो ।

कार्यक्रममा गैरआवासिय नेपाली संघ एनआरएनए आईसीसी सदस्य एवम् मलेसियाका लागि पर्यटन सदभावना दूत नन्दबहादुर क्षेत्री ‘नेत्र’ , गैरआवासीय नेपाली संघ एनआरएनए मलेसियाका अध्यक्ष बिनोद थापा, जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले, वरिष्ठ लेखक सामाजिक व्यक्तित्व रामकुमार बिष्ट, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ज्ञानप्रसाद पौडेल, नेपाली जनप्रगतिशिल मञ्च मलेसियाका अध्यक्ष प्रेम पाण्डे, जिरो माइलका अध्यक्ष, तथा गैरआवासीय नेपाली संघ एनआरएनए स्पोर्टस एकेडमीका मेनेजर राजेश श्रेष्ठलगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप