रजनीकान्तलाई दुरूपयोग गरे कारबाही
मुम्बई । साउथ फिल्मका दिग्गज अभिनेता रजनीकान्त अभिनयका महाराथी हुन् भन्दा फरक नपर्ला । विश्वभरी नै यी अभिनेतालाई मनपराउने फ्यानको संख्या उल्लेख्य छ । यही बीचमा रजनीकान्तले आफ्नो निजी अधिकारलाई सुरक्षा गर्न एक महत्वपूर्ण निर्णय लिएका छन् । उनले अनुमति बिना आफ्नो नाम, स्वर, फोटो र उनीसँग जोडिएका कुनै पनि वस्तु प्रयोग गरे कडा कारवाही गर्ने घोषणा गरेका छन् ।
रजनीकान्तका वकिल इलाम भारतीले केही व्यक्तिविरुद्ध आपराधिक कारबाहीको चेतावनीयुक्त पत्र जारी गरेका छन् । जसअनुसार कसैले पनि अभिनेताको निजी र एक सेलिब्रेटीका रुपमा अधिकारलाई बिना अनुमति प्रयोग गरेमा उ विरुद्ध कानुनी कारबाही गरिनेछ । अधिकांश व्यक्तिहरु सेलिब्रेटीको नाम, फोटो, स्वर र फेमका माध्यमबाट आफ्नो फलोअर बढाउन, उत्पादन बेच्न र व्यावसायिक रुपमा प्रयोग गर्न सक्रिय छन् । यस्तो अवस्थामा रजनीकान्तका वकिलले सूचना जारी गरेपछि अब यस्तो काममा कडाई गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण