रजनीकान्तलाई दुरूपयोग गरे कारबाही

मुम्बई । साउथ फिल्मका दिग्गज अभिनेता रजनीकान्त अभिनयका महाराथी हुन् भन्दा फरक नपर्ला । विश्वभरी नै यी अभिनेतालाई मनपराउने फ्यानको संख्या उल्लेख्य छ । यही बीचमा रजनीकान्तले आफ्नो निजी अधिकारलाई सुरक्षा गर्न एक महत्वपूर्ण निर्णय लिएका छन् । उनले अनुमति बिना आफ्नो नाम, स्वर, फोटो र उनीसँग जोडिएका कुनै पनि वस्तु प्रयोग गरे कडा कारवाही गर्ने घोषणा गरेका छन् ।
रजनीकान्तका वकिल इलाम भारतीले केही व्यक्तिविरुद्ध आपराधिक कारबाहीको चेतावनीयुक्त पत्र जारी गरेका छन् । जसअनुसार कसैले पनि अभिनेताको निजी र एक सेलिब्रेटीका रुपमा अधिकारलाई बिना अनुमति प्रयोग गरेमा उ विरुद्ध कानुनी कारबाही गरिनेछ । अधिकांश व्यक्तिहरु सेलिब्रेटीको नाम, फोटो, स्वर र फेमका माध्यमबाट आफ्नो फलोअर बढाउन, उत्पादन बेच्न र व्यावसायिक रुपमा प्रयोग गर्न सक्रिय छन् । यस्तो अवस्थामा रजनीकान्तका वकिलले सूचना जारी गरेपछि अब यस्तो काममा कडाई गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परम्परा धान्न पञ्चेबाजा बजाउँछन् पाल्पाका महिला
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
-
‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’
-
जुनसुकै बेला जेसुकै हुन सक्छ, तयार भएर बस्नुहोस्: गृहमन्त्री
-
‘अपरेसन सिन्दूर’ को बारेमा भारतीय जनरलको नयाँ खुलासा