परराष्ट्रमन्त्रीको श्रीलंका भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
सोमबार, १६ माघ २०७९, २० : २४

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल श्रीलंका भ्रमणमा जाने तय भएको छ ।
श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा सहभागी हुन परराष्ट्रमन्त्री त्यसतर्फ जाने तय भएको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यसका लागि मन्त्रिपरिषद्को सोमबारको बैठकले स्वीकृति प्रदान गरेको उनको भनाइ छ।
श्रीलंकाले हरेक वर्षको फेब्रुअरी ४ मा आफ्नो स्वतन्त्रता दिवस मनाउँदै आएको छ । जसका लागि उनी बिहीबार त्यसतर्फ जाने तयारी छ।