लुम्बिनीका ट्रक व्यवसायीले भेटे मुख्यमन्त्री, भारतीय ट्रकको निर्वाध प्रवेशमा रोक लगाउन आग्रह
बुटवल । लुम्बिनीका ट्रक व्यवसायीले प्रदेशका मुख्यमन्त्री लीला गिरीसँग भेटवार्ता गरेका छन् । व्यवसायीहरूले भारतीय ट्रक निर्वाधरुपमा नेपाल प्रवेश गर्दा परेको समस्याबारे जानकारी गराउन मुख्यमन्त्री गिरिसँग भेटवार्ता गरेका हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका व्यवसायीहरूसँगको भेटमा मुख्यमन्त्री गिरिले मालवाहक सवारीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । यस्तै, व्ययवसायीहरुले मुख्यमन्त्री गिरिलाई मालवाहक सवारी क्षेत्रले भोग्दै आएको समस्याबारे अवगत गराएका थिए ।
व्यवसायीले भारतीय ट्रकको निर्बाध नेपाल प्रवेशमा रोक, ढुवानी रोड परमिट जाँच पास र बिल बुक नवीकरणका लागि वार्षिक एकै पटक गर्नुपर्ने, पटक–पटक गर्नुपर्ने झन्झटिलो प्रणाली अन्त्य गर्नुपर्ने माग मुख्यमन्त्रीसमक्ष राखेका थिए । मुख्यमन्त्री गिरिले मालवाहक ट्रक यातायात सरकारका लागि अपरिहार्य भएकाले व्यवसायी र उपभोक्तामुखी नीति निर्माण गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल ट्रक यातायात व्यवसायी महासङ्घ लुम्बिनी प्रदेश संयोजक यमप्रसाद पाण्डेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण