शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मङ्गलबार, १७ माघ २०७९, १२ : १४
मङ्गलबार, १७ माघ २०७९

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारकर्मीहरूको सीप र दक्षता अभिवृद्धि र अध्यवाधिक गर्न एवम् उच्चतम व्यवसायीक अभ्यासका लागि प्रेरित गर्न आमसञ्चार प्रतिष्ठान स्थापना गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

नेपाल टेलिभिजनको ३८ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई मङ्गलवार सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।  

‘पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेसागत तथा भौतिक सुरक्षाका प्रत्याभूति गरिनेछ । सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य दुर्घटना तथा हुलदङ्गा वा आतङ्कको बीमाको व्यवस्था गरिनेछ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले  श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्वको स्थापित गरिने  बताएका छन् । 

‘श्रमजीवी पत्रकारका लागि निर्मित कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्दै सूचनाको हक प्रदान गर्ने कुरा राज्यको दायित्व स्थापित गरिने र सञ्चारमाध्यम र कार्यरत सञ्चारकर्मीको सहयोगको अपेक्षा सरकारले गरेको छ’, प्रधानमन्त्रीले सरकारले अहिले सामाजिक न्याय, सुशासन र सम्मृद्धिलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप