राष्ट्रपतिको चुनाव नहुँदासम्म गृहसहित तीन मन्त्रालय आफैसँग राख्ने प्रधानमन्त्रीको तयारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहसहित तीन मन्त्रालय राष्ट्रपतिको चुनावसम्म राख्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले गृह सहित वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय राष्ट्रपतिको चुनाव नहुँदासम्म राख्ने योजना बनाएका हुन् । राष्ट्रपतिको अगामी फागुन २५ गते र उपराष्ट्रपतिको चैत ३ गते चुनाव गर्ने मिति तोकिएको छ ।
‘गृह मन्त्रालयका विषयमा पार्टी भित्र र बाहिर अनेक खालका दबाब छन् । रबीजी मुद्दा नसल्ट्याएर फर्किन खोज्दै हुनुहुन्छ । पार्टीबाट मलाई बनाउनुपर्याे भनेर दबाब आइराखेको छ’प्रधानमन्त्री निकट एक नेताले भने, ‘प्रधानमन्त्री ज्यू गृह सहित तीन मन्त्रालय राष्ट्रपतिको चुनाव नहुँदासम्म कसैलाई दिने पक्षमा हुनुहुन्न ।’ राष्ट्रपतिको चुनावका विषयमा सहमति भइनसकेकाले तीन मन्त्रालय आफैसँग राखेमा डिल गर्न सहज हुने बुझाइमा छन् ।
प्रधानमन्त्री प्रचण्ड राष्ट्रपतिका विषयमा राष्ट्रिय सहमति कायम गरेर जानुपर्छ भन्नेमा छन् । यो संसद्लाई पाँचै वर्ष चलाउन विवेक प्रयोग गर्न सक्ने र राष्ट्रिय व्यक्तित्व खोजी गरिएको छ । त्यसका लागि राष्ट्रिय सहमति कायम गर्न एमाले, काङ्ग्रेससहित सबै दलको सहमत गराउनुपर्ने छ । त्यस्तो अवस्थामा कुनै दल चिढिएमा मिलाउन सहज हुने भएकाले तीनै मन्त्रालय प्रचण्डले आफैसँग राख्ने भएका हुन् । राष्ट्रपति र उपराष्ट्रपतिमा एक खालको समझदारी बनाएर गएपछि सबै मन्त्रालयको भागवण्डा गर्न समेत सहज हुने बताएको छ । त्यो अवस्थासम्म रास्वपा र एमालेलाई कसरी चित्त बुझाउँछन् परिस्थितिले निर्धारण गर्ने देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण