सांसद एकनाथ ढकालले सोधे– ‘माओवादीसँगको शान्ति सम्झौताको सक्कलप्रति कहाँ छ ?’
काठमाडौँ । नेकपा एमालेबाट समानुपातिक सांसद बनेका नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले सरकार र तत्कालीन माओवादी बीच भएको विस्तृत शान्ति सम्झौताको सक्कलप्रति माग गरेका छन् । बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद ढकालले २०६३ साल मङ्सिरमा भएको माओवादी र सरकार बीचको शान्ति सम्झौतापछि विभिन्न चरण पार गर्दै नयाँ संविधान बनेपछि २ वटा आमनिर्वाचन सम्पन्न भएको बताए ।
उनले भने– ‘विस्तृत शान्ति सम्झौताको सक्कलप्रति कोसँग र कहाँ छ ? शान्ति सम्झौताका हस्ताक्षरकर्ता अहिले तेश्रोपटक प्रधानमन्त्री भइसक्नुभएको छ तर शान्ति प्रक्रियाको एक महत्त्वपूर्ण पक्ष सङ्क्रमणकालीन न्यायसम्बन्धी खासै प्रगति हुन सकेको छैन । सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगले पीडितहरूबाट ६० हजारभन्दा धेरै उजुरी प्राप्त गरेको भएको भए पनि हालसम्म एउटै पनि अनुसन्धान गर्न सफल भएको छैन ।’
उनले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी काम पूरा गर्नेबारे सरकारको नीति तथा कार्यक्रममा पनि उल्लेख रहेको बताउँदै सङ्क्रमणकालीन न्याय नपाउँदा गम्भीर अवस्था आउनेतर्फ सरकारलाई सचेत गराए । यो विषयलाई उच्च प्राथमिकतामा राख्न पनि सरकारको ध्यानाकर्षण गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण