राष्ट्रियसभा अध्यक्षको खुट्टाको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य
बुधबार, १८ माघ २०७९, १६ : ५५
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको खुट्टाको शल्यक्रिया गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगंज उनको खुट्टाको शल्यक्रिया गरिएको हो।
मंगलबार स्वास्थ्य जाँचका लागि उनी उक्त अस्पताल पुगेकामा सम्बद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सल्लाह अनुरुप बुधबार दाँया खुट्टाको शल्यक्रिया गरिएको सचिवालयले जनाएको छ ।
उनको शल्यक्रियामा शल्य चिकित्सक प्रा डा उत्तमकृष्ण श्रेष्ठ, डा कजनराज श्रेष्ठ, डा दिनेश गुरुङ्ग, डा अनिल भट्टराई, डा प्रिस्का बास्तोला र डा दिपेशमान सिंह संलग्न थिए ।
अहिले तिमिल्सिनाको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण