राजनीति
रविलाई गृह दिन अदालतको पूर्णपाठ चाहिँदैन : केपी ओली
बिहीबार, १९ माघ २०७९, १२ : ३२
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् । यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनले बताए । आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मा रहने उनले बताए ।
प्रधानमन्त्रीले अदालतको पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नूभएको छ नि भन्ने प्रश्नमा उनले पूर्ण पाठ नचाहिने बताए । ‘पूर्णपाठ किन चाहियो पुराण वाचन गर्ने हो र ?’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण