राजनीति
रविलाई गृह दिन अदालतको पूर्णपाठ चाहिँदैन : केपी ओली
बिहीबार, १९ माघ २०७९, १२ : ३२

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपाले गृह मन्त्रालय पाउने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् । यसअघि सत्ता गठबन्धनमा भएको सहमति अनुसार रास्वपाले सो मन्त्रालय पाउनुपर्ने उनले बताए । आफू र प्रधानमन्त्री प्रचण्डबीच यस विषयमा सहमति रहेको पनि उनले बताए । रास्वपाले गृह मन्त्रालय पाउँदा मन्त्री कसलाई बनाउने भन्ने विषय पनि सोही पार्टीको जिम्मा रहने उनले बताए ।
प्रधानमन्त्रीले अदालतको पूर्ण पाठ आएपछि मात्रै गृह मन्त्रालयबारे निर्णय गर्ने भन्नूभएको छ नि भन्ने प्रश्नमा उनले पूर्ण पाठ नचाहिने बताए । ‘पूर्णपाठ किन चाहियो पुराण वाचन गर्ने हो र ?’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० दिनपछि थुनामुक्त भएका मिश्रले भने, ‘राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन’
-
चलचित्र ‘प्रतिवैरम’ निर्माण हुने
-
‘तीन सल्लाहकार’को अनौठो संयोग, डा. पौडेलको बाटो खाली
-
साबुन फ्याक्ट्रीको मेसिनमा च्यापिँदा एक जनाको मृत्यु
-
नवलपरासीमा हावाहुरीले रुख ढाल्दा च्यापिएर २ जनाको मृत्यु
-
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश