पाल्पामा अलपत्र शीत भण्डार निर्माणको काम पुनः सुरु हुने
पाल्पा । पाल्पाको तानसेनमा १० वर्षअघि निर्माण हुनुपर्ने शीत भण्डार (कोल्डस्टोर) को काम अब अघि बढ्नेभएको छ । अलपत्र अवस्थामा रहेको शीत भण्डार भारत सरकारको सहयोगमा निर्माण हुन लागेको हो ।
एक महिना अगाडि भारतीय राजदूतावासका सेकेण्ड सेक्रेटरी प्रशान्त सोनालको पाल्पा भ्रमणको क्रममा शीत भण्डार निर्माणको कार्य अगाडि बढाउने सहमति भएपछि दस वर्षपछि पुनः निर्माणको कार्य अगाडि बढेको हो ।
२०६९ सालको फागुन २३ गते २ वर्षमा सम्पन्न गर्ने गरी भारतीय सरकारको ४ करोड ४ लाख ४४ हजार ४१० रुपैयाँ, तानसेन नगरपालिकाको ५५ लाख ४७ हजार ४६९ रुपैयाँ लागतमा हिमढुगां एण्ड ठोकर, जय रक्तकाली जे.भि निर्माण कम्पनीसंग ठेक्का सम्झौता भएको तानसेन नगरका सूचना अधिकारी भरत आचार्यले बताए ।
शीत भण्डारको भौतिक पूर्वाधारको निर्माण दश वर्षको अवधिमा २७ प्रतिशत मात्र कार्य प्रगति भएको छ ।
निर्माण कम्पनीले तानसेन नगरपालिकासँग पटक–पटक म्याद थप गर्दै आएको छ । पुरानो लागतमुल्यमा काम सम्पन्न गर्नेगरी सम्झौता भएपछि निर्माण कम्पनीले निर्माणको कार्य अगाडि बढाएको तानसेन नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए ।
शीत भण्डार तानसेन नगरको बाघखोरमा निर्माण हुँदैछ । घर नजिकै शीत भण्डार निर्माण हुन लागेपछि स्थानीयवासी उत्साहित भएका छन् । दश वर्षपछि पुन निर्माणको कार्य अगाडि बढेपछि निराशा भएका स्थानीय फेरि खुसी हुन थालेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण