बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मस्कोमा आगलागीबाट आठ जना मजदुरको मृत्यु

बिहीबार, १९ माघ २०७९, १८ : ३५
बिहीबार, १९ माघ २०७९

मस्को । मस्कोको सेभास्टोपोल नजिक निर्माणस्थलमा कामदारका लागि बनाइएको अस्थायी आवासमा आगलागी हुँदा आठ जना मजदुरको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । 

बिहीबार बिहान सबेरै अस्थायी आवासमा आगो सल्किएको र त्यसको कारण स्पष्ट भइनसकेको स्थानीय आकष्मिक सेवाका कर्मचारीलाई उद्धृत गर्दै रिया नोवोस्तीले जनाएको छ । 

आगो दुई सय वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो ।  दुईतले अस्थायी आवासीय भवनमा आगो लाग्दा एक सय ८५ जना कामदार थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप