१८ वर्षपछि बक्सअफिसमा भिड्दै रजनीकान्त र कमल हासन
मुम्बई । यो वर्षा रजनीकान्तको ‘जेलर’ र कमल हासनको ‘इण्डियन २’ प्रदर्शनमा आउने भएका छन् । फ्यानहरु यी दुई बहुप्रतिक्षित फिल्मको पखाईमा छन् । रोचक कुरा के छ भने दुवै तमिल मेगास्टारहरु आ–आफ्नो फिल्मलाई एकै मितिमा रिलिज गर्दैछन् ।
दुवै फिल्म नोभेम्बर १० मा रिलिज हुँदैछ । रजनीकान्त र कमल १८ वर्षपछि एकसाथ बक्स अफिसमा भिड्दैछन् । उनीहरुको फिल्म ‘चन्द्रमुखी’ र ‘मुम्बई एक्सप्रेस’ सन् २००५ मा बक्स अफिसमा प्रतिष्पर्धी थियो । ‘चन्द्रमुखी’मा रजनीकान्त र ‘मुम्बई एक्सप्रेस’मा कमलको अभिनय थियो ।
कमलको ‘इण्डियन २’ राजनीतिक एक्सन थ्रिलर फिल्म हो । यो फिल्म सन् १९९६ मा रिलिज हिट फिल्म ‘इण्डियन’को सिक्वेल हो । फिल्ममा कमलले वृद्ध भिजिलान्तेको भूमिकामा अभिनय गर्दैछन् । जसले सेनापतिको चरित्रलाई पुनर्ताजगी गर्नेछ । यो फिल्म झण्डै २६ वर्षपछि सिक्वेलका रुपमा दर्शकमाझ आएको हो । ‘इण्डियन २’मा कमलसँगै काजल अग्रवाल, रकुल प्रित सिंह, सिद्धार्थ र बोबी सिम्हा प्रमुख भूमिकामा छन् । फिल्मका निर्देशक एस शंकर हुन् ।
नेल्सन दिलिपकुमार निर्देशित ‘जेलर’ एक्सन कमेडी फिल्म हो । फिल्ममा रजनीकान्तसँगै राम्या कृष्णनन, शिव राजकुमार, थमन्ना भाटिया, योगी बाबुको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वासको मत माग्दै कर्णालीका मुख्यमन्त्रीले भने– प्रश्न नआउनेगरी काम गर्नेछु
-
उपनिर्वाचनमा प्रहरीले देख्यो सम्भावित १२ खतरा
-
यी परिस्थिति उत्पन्न भएमा प्रहरीले उपनिर्वाचनमा बल प्रयोग गर्ने
-
अमिताभले सुरु गरे केबीसी–१६ को सुटिङ
-
भन्सार छलीको कपडासहित ट्रयाक्टर र पिकअप प्रहरी नियन्त्रणमा
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे