राष्ट्रिय सभा उपाध्यक्षमा साझा उम्मेदवार बन्ने अर्यालको प्रयास, कांग्रेससँग मागिन् सहयोग
काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले आफूलाई सहयोग गर्न सम्पूर्ण दलहरूलाई आव्हान गरेकी छिन् ।
आज गठबन्धनको तर्फबाट उम्मेदवारी दिने तयारी गरेकी अर्यालले कांग्रेससहित अन्य दलहरूलाई पनि सहयोग गर्न आग्रह गरेको बताइन् । अर्यालले भनिन् आफ्नो तर्फबाट सबै दलसँग सहयोग मागेकी छु । अब काग्रेसले सहयोग गर्छ गर्दैन उसको विषय भयो। सर्वसम्मत बनाउन सबै दललाई मैले अनुरोध गरेकी छु ।
राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने नदिने विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण