राष्ट्रिय सभा उपाध्यक्षमा साझा उम्मेदवार बन्ने अर्यालको प्रयास, कांग्रेससँग मागिन् सहयोग
काठमाडौँ । सत्ता गठबन्धनले राष्ट्रिय सभाको उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादी केन्द्रकी नेतृ उर्मिला अर्यालले आफूलाई सहयोग गर्न सम्पूर्ण दलहरूलाई आव्हान गरेकी छिन् ।
आज गठबन्धनको तर्फबाट उम्मेदवारी दिने तयारी गरेकी अर्यालले कांग्रेससहित अन्य दलहरूलाई पनि सहयोग गर्न आग्रह गरेको बताइन् । अर्यालले भनिन् आफ्नो तर्फबाट सबै दलसँग सहयोग मागेकी छु । अब काग्रेसले सहयोग गर्छ गर्दैन उसको विषय भयो। सर्वसम्मत बनाउन सबै दललाई मैले अनुरोध गरेकी छु ।
राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने नदिने विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिलाको चरित्र हत्या गर्ने तीन महिला पक्राउ
-
पाकिस्तानमा हिन्दु डाक्टरको गोली हानेर हत्या
-
भारतमा फेरि बढे कोरोनाका बिरामी, सचेत रहन डब्ल्युएचओको आग्रह
-
सुडानमा सुन खानी भत्किँदा १० जनाको मृत्यु
-
नुवाकोटमा टाटासुमो दुर्घटना, २ जनाको निधन, ११ जना घाइते
-
मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यान्वयन गर्न आयोगको माग