मौलापुरमा फागुनको पहिलो साता मधानी महायज्ञ हुँदै
रौतहट । रौतहटको मौलापुर नगरपालिकामा अगामी फागुन पहिलो साता मधानी महायज्ञ हुन गइरहेको छ। पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले बर्सेनि आयोजना गर्दै आएको मधानी महायज्ञ यस वर्ष फागुन ५ गतेदेखि ७ गतेसम्म पुरातात्त्विक महादेव मन्दिर परिसरमा हुन लागेको हो ।
पत्रकार भेटघाट कार्यक्रममा यस पटक मधानी महायज्ञको उपराष्ट्रपति नन्द बहादुर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन् । ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्त्व झल्किने किसिमले आयोजना हुन लागेको महायज्ञ फागुन ५ गते शुभारम्भ भई फागुन ७ गते समापन हुने बताइएको छ।
उपराष्ट्रपति पुनले बिधिवतरुपमा महायज्ञको उद्घाटन गरेपछि नायक भुवन केसी, भारतीय भोजपुरी गायिका ईन्दु सोनाली लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति दिनेछन् । भोलिपल्ट फागुन ६ गते यज्ञ अनुष्ठान हुनुका साथै भोजपुरी चलचित्र एवम् सङ्गीत क्षेत्रका लोकप्रिय कलाकार पवन सिंह तथा नायिका काजल राघवानीसहित भारत तथा नेपालका अन्य चर्चित नेपाली तथा भारतीय कलाकारको सांस्कृतिक प्रस्तुति रहनेछ ।
फागुन ७ गते भने नेपालको चर्चित कुस्ती खेलाडी देवा थापासहित चर्चित पहलमानहरूको सहभागितामा अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता आयोजना हुने अधिकृत साहले पत्रकार माझ जानकारी दिएका छन् । महादेव मन्दिर परिसरमा फागुन ५ देखि लगातार तीन दिन बेलुका शिव लिला प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
पत्रकार सम्मेलनमा मौलापुर नगरप्रमुख रिनाकुमारी साहले महायज्ञले मौलिक संस्कृतिको जगेर्ना गर्नुका साथै यस क्षेत्रको विशेष अनुष्ठान मधानीले विश्वस्तरमा चर्चा पाएको बताइन् । पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा पुर्याउन आफू निरन्तर प्रयत्नरत रहेको उनले बताइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण