पठान: सलमान र शाहरुखलाई सँगै खेलाउन कैयौंपटक स्क्रिप्ट पुनर्लेखन
मुम्बई । बक्स अफिसमा शानदार कमाई गरिरहेको सिद्धार्थ आनन्द निर्देशित र शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ प्रति दर्शकको क्रेज उस्तै छ ।
फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ । तर, सायद कमैलाई थाहा होला, फिल्ममा सलमान र शाहरुखलाई सँगै देखाउन फिल्मका लेखक अब्बास टायरवालाले कैयौंपटक स्क्रिप्ट पुनर्लेखन गर्नुपरेको थियो ।
फिल्ममा सलमानले पठानलाई बचाउनका लागि टाइगरका रूपमा केमियो गरेका छन् । दुवैको एक्सन दृश्यका अलावा दुवैको संवादले भावना बोलेको छ । लेखक टायरवालाले हालै मात्र स्क्रिप्ट लेखनका विषयमा कुरा खुलाएका छन् ।
‘जब शाहरुख र सलमान पठान र टाइगरका रूपमा स्क्रिनमा देखिन्छन्, त्यसलाई सन्तुलन गर्न त्यति सजिलो थिएन । पहिलो कुरा दर्शकलाई मनोरञ्जन दिनुथियो र दोस्रो कुरा दर्शक शाहरुख र सलमानमै नअलमललिउन, जस कारण उनीहरुले पठान र टाइगरलाई बिर्सिएलान् भन्ने डर थियो । त्यस कारण स्क्रिप्टमा सन्तुलन राख्नुपर्ने चुनौती थियो’, टायरवालाले भनेका छन् ।
उनले फिल्म ‘पठान’ शाहरुखको फिल्म रहेको कुरालाई पनि सम्झनुपर्ने जिम्मेवारी उत्तिकै रहेको बताएका छन् । ‘किनकि फिल्ममा टाइगरको प्रवेश गराउनै पर्छ, जस कारण सबैको ध्यान सलमानतिर जान नदिन उत्तिकै चुनौती थियो । तर सलमानलाई शाहरुखको फिल्ममा विशेष प्रवेश गर्नका लागि केही हुनै पर्छ, जुन हेर्दा दर्शक रोमाञ्चित हुन्’, उनले अगाडि भनेका छन् ।
टायरवालाले यही सन्तुलन बनाउनका लागि दुवैको दृश्यलाई कैयौंपटक पुनर्लेखन गरिएको खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण