वामदेवको पार्टीले तीन पार्टीसँग एकताका लागि वार्ता गर्ने
काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले तीन पार्टीसँग सम्मानजनक पार्टी एकता वा वामपन्थी एकताका लागि वार्ता गर्ने भएको छ । सो पार्टीको शनिवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको अध्यक्ष गौतमले जानकारी दिए । ‘नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी पार्टीहरूसँग सम्मानजनक पार्टी एकीकरण वा वामपन्थी एकताका लागि वार्ता चलाउने’, बैठकको पहिलो निर्णय छ ।
त्यस्तै सम्मानजनक एकीकरण हुन नसक्ने अवस्थामा वार्ता प्रयत्न बन्द गरी आफ्नो पार्टीलाई सुदृढ गर्न अभियानमा लाग्ने दोस्रो निर्णय छ । ‘वामपन्थी एकतामा सामेल हुन दृढ प्रयत्न गर्ने तथा स्थायी कमिटी बैठकका निर्णयहरू अनुमोदन र कार्यान्वयनका लागि केन्द्रीय कमिटीको तेस्रो बैठक आगामी फागुन ६, ७, ८ गते सिद्धार्थ कटेज धोबीघाटमा ११ बजे बस्ने’, अध्यक्ष गौतमले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो पार्टीले बैठक खर्च व्यवस्थपन पार्टी सदस्यले नै व्यहोनुपर्ने जनाएको छ । गौतम नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि अन्तिम तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
उदयपुरमा यौनधन्दा चलाउने र संलग्न १३ जनाविरुद्ध मुद्दा दर्ता
-
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
-
युनेस्को प्रमुख र मन्त्री पाण्डेबिच भेटवार्ता : लुम्बिनीबारे छलफल
-
शव बोकेर काठमाडौँ आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना
-
पतञ्जलीको जग्गासम्बन्धी छानबिनबाट पछि हट्यो लेखा समिति
-
सहकारीबाट लिएको ऋण नतिरेपछि एमाले नेता अर्याल पक्राउ