वामदेवको पार्टीले तीन पार्टीसँग एकताका लागि वार्ता गर्ने
काठमाडौँ । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष बामदेव गौतमले तीन पार्टीसँग सम्मानजनक पार्टी एकता वा वामपन्थी एकताका लागि वार्ता गर्ने भएको छ । सो पार्टीको शनिवार बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको अध्यक्ष गौतमले जानकारी दिए । ‘नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी पार्टीहरूसँग सम्मानजनक पार्टी एकीकरण वा वामपन्थी एकताका लागि वार्ता चलाउने’, बैठकको पहिलो निर्णय छ ।
त्यस्तै सम्मानजनक एकीकरण हुन नसक्ने अवस्थामा वार्ता प्रयत्न बन्द गरी आफ्नो पार्टीलाई सुदृढ गर्न अभियानमा लाग्ने दोस्रो निर्णय छ । ‘वामपन्थी एकतामा सामेल हुन दृढ प्रयत्न गर्ने तथा स्थायी कमिटी बैठकका निर्णयहरू अनुमोदन र कार्यान्वयनका लागि केन्द्रीय कमिटीको तेस्रो बैठक आगामी फागुन ६, ७, ८ गते सिद्धार्थ कटेज धोबीघाटमा ११ बजे बस्ने’, अध्यक्ष गौतमले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो पार्टीले बैठक खर्च व्यवस्थपन पार्टी सदस्यले नै व्यहोनुपर्ने जनाएको छ । गौतम नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि अन्तिम तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण