चीनमा ५ वटा सवारी साधन ठोक्किँदा १६ जनाको मृत्यु
आइतबार, २२ माघ २०७९, २१ : ४५
बेइजिङ । मध्यचीनको हुनान प्रान्तमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । सो ठक्करबाट सडकमा हुँइकिएका अन्य ४९ वटा सवारीसाधन क्षतिग्रस्त भएका हुनान प्रान्तको हाईवे ट्राफिक प्रहरी विभागले जनाएको छ ।
उक्त दुर्घटनामा ६६ जना घाइते भएका छन् । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । सबै घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ । उद्धार एवम् समन्वयका लागि आपत्कालीन व्यवस्थापन मन्त्रालयले दुर्घटनास्थलमा कार्यदल परिचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण