३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा समावेश विभिन्न ३६ खेलका स्वर्ण विजेता खेलाडीको पूर्व घोषित नगद पुरस्कारमध्ये ३६ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको बैंक खातामा पठाएको छ ।
व्यक्तिगततर्फ ३ सय ४ स्वर्ण पदक विजेतालाई २५ हजारका दरले जम्मा ७६ लाख तथा समूहगततर्फ ५ सय ३६ स्वर्ण पदक विजेतालाई १५ हजारका दरले जम्मा ८० लाख ४० हजार गरी जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ स्वर्ण विजेतालाई भुक्तानी दिनु पर्नेमा प्राविधिक कारणले ३६ लाख २० हजार रुपैयाँ पहिलो चरणमा खेलाडीको खातामा पठाइएको हो ।
खेलाडीहरुलाई आ–आफ्नो खातामा सीधै नगद पुरस्कार रकम जम्मा गर्न विभिन्न १६ वटा बैंकहरुबाट भुक्तानी पठाउनु पर्ने भएकाले विवरण तयार गरी ‘एकाउन्ट डिटेल्स कन्फर्मेसन’ का लागि बैंकहरुमा पठाउदा खेलाडीहरुको बैंक विवरण फक परेको तथा विभिन्न बैंकहरु मर्ज भएका कारण पुरस्कार रकम ट्रान्सफर गर्न कठिनाइ भएकाले कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंक मार्फत पहिलो चरणमा ३६ लाख २० हजार पुरस्कार खेलाडीको खातामा पठाइएको छ ।
बाँकी बैंकहरुबाट पठाउनु पर्ने खेलाडीको पुरस्कार यथाशाक्य रुजु गरी पठाउने प्रकृयामा रहेको छ । राखेपले बृहत राष्ट्रिय खेलकुदका स्वर्ण विजेतालाई पहिलो पटक सम्बन्धित खेलाडीको बैंक खातामा नगद पुरस्कार पठाएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण