‘बुलाकी’ वैशाख १ मा आउने
काठमाडौँ । फिल्म ‘बुलाकी’ अगामी नयाँ वर्ष अर्थात वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बाहिर ल्याएको हो । यो मितिमा यस अगाडि नै ५ फिल्मले रिलिज मिति घोषणा गरिसकेका छन् । जसमा ‘भगवत् गीता’, ‘नाइँ नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ लगायत रहेका छन् ।
यसअघि गत कार्त्तिक १८ गतेबाट फागुन १९ मा सरेको थियो । तर, यो मितिमा दुई ठुला फिल्म ‘छक्का पन्जा ४’ र ‘छड्के २’ आउने भएपछि ‘बुलाकी’ डेढ महिनापछि सरेको हो । फिल्मको टिजर छिट्टै आउने तयारीमा छ ।
लक्ष्मण सुनारको निर्देशन बनेको फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झालनाथ खत्री, सरस्वती खत्री लगायतको अभिनय छ । स्वं. मोति विष्ट प्रस्तुतकर्ता रहेको फिल्मको छायाङ्कन विकट क्षेत्र डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा छायाङ्कन भएको छ ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका हुन् । फिल्मको कथा पनि निर्देशक सुनारकै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण