‘बुलाकी’ वैशाख १ मा आउने

काठमाडौँ । फिल्म ‘बुलाकी’ अगामी नयाँ वर्ष अर्थात वैशाख १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति बाहिर ल्याएको हो । यो मितिमा यस अगाडि नै ५ फिल्मले रिलिज मिति घोषणा गरिसकेका छन् । जसमा ‘भगवत् गीता’, ‘नाइँ नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ लगायत रहेका छन् ।
यसअघि गत कार्त्तिक १८ गतेबाट फागुन १९ मा सरेको थियो । तर, यो मितिमा दुई ठुला फिल्म ‘छक्का पन्जा ४’ र ‘छड्के २’ आउने भएपछि ‘बुलाकी’ डेढ महिनापछि सरेको हो । फिल्मको टिजर छिट्टै आउने तयारीमा छ ।
लक्ष्मण सुनारको निर्देशन बनेको फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झालनाथ खत्री, सरस्वती खत्री लगायतको अभिनय छ । स्वं. मोति विष्ट प्रस्तुतकर्ता रहेको फिल्मको छायाङ्कन विकट क्षेत्र डोल्पा, जाजरकोट र रुकुमका विभिन्न स्थानमा छायाङ्कन भएको छ ।
छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई शिव ढकालले खिचेका हुन् । फिल्मको कथा पनि निर्देशक सुनारकै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किरियापुत्री भवन बनाउन महायज्ञ
-
राजनीतिक दलका कार्यकर्तालाई गभर्नर बनाउन खोजियो : सांसद सिंह
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठक बस्दै
-
सुदूरपश्चिममा स्थानीय तहका कर्मचारीको आन्दोलन चुलियो, ऐन जारी गर्न माग
-
सांसद घर्तीमगरको प्रश्न : निजामतीमा उदासिन सरकारलाई भूमि विधेयक ल्याउन किन हतार भयो ?
-
राजस्व परामर्श समितिद्वारा अर्थमन्त्रीसमक्ष प्रतिवेदन पेश