पुरानो बानेश्वर घटना : एक वर्षअघि दाजु गुमाएका किशोर भण्डारीले बिर्सिएको त्यो घटना
काठमाडौँ । काठमाडौँको पुरानो बानेश्वरमा ७ वर्षीया छोरीको हत्या गरेर ४२ वर्षीय किशोर भण्डारीले आत्महत्याको निर्णय लिए । शनिवार साँझ माइत गएर फर्केकी पत्नीले ढोका ढकढक्याउँदा नखुलेपछि फोडेर हेर्दा किशोर शौचालयमा झुण्डिएको अवस्थामा भटिएका थिए । ७ वर्षीया छोरी कृपा मृत अवस्थामा थिइन् ।
पुरानो बानेश्वर स्थित टङ्क प्रसाद मार्गमा डेरामा बस्दै आएका किशोरले योजनाबद्ध छोरीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । किशोर दम्पतीको ६ महिनाको छोरा छन्। श्रीमती छोरो लिएर पत्नी पेप्सिकोलास्थित माइतीमा गएकी थिइन् ।
छोरीको हत्या गरेर किशोरले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर कार्कीले रातोपाटीलाई बताए । उनले भने–‘घटनास्थलमा बाहिरबाट अर्को मान्छे प्रवेश गरेको देखिएन ।’
माघ २१ गते शनिवार मृत भेटिएका किशोर र कृपाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमको रिपोर्ट आएको छैन ।
किशोरको दम्पतीले गोङ्गबु स्थित फार्मेसीमा लगानी गरेका थिए । कस्मेटिक सामानको पनि व्यापार गर्ने उनीहरूलाई नपुग्दो थिएन । तर, छोरीलाई घाँटी रेटेर हत्यापछि आत्महत्या गर्ने निर्णय उनले किन गरे भन्नेबारे प्रहरी वृत्त बानेश्वरले अनुसन्धान गरिरहेको छ ।
दाजुको त्यो आत्महत्या
किशोर भण्डारी रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–९ का स्थानीय हुन् । उनीहरू काठमाडौँमा बस्न थालेको लामो समय भैसकेको छ ।
किशोरका दाजुले पनि एक वर्षअघि आत्महत्या गरेका थिए । भोज भण्डारी ‘मनोज’ गाउँमा शिक्षक थिए । उनले गाउँमा नै आत्महत्या गरेका हुन् । दाजुले रोजेको आत्महत्याकै बाटो किशोरले रोजेका छन् ।
मनोजले गरेको आत्महत्याबाट किशोरले पाठ सिक्नुपर्ने बताउँछन् उनका छिमेकी उमेश भण्डारी । उमेशले रातोपाटीसँग भने–‘दाजुको आत्महत्या उनले चाँडै बिर्सिए, त्यसबाट पाठ सिक्नुपर्ने थियो ।’
छोरीको स्वास्थ्य राम्रो थिएन । ७ वर्षीया कृपा जन्मँदै फरक क्षमताकी थिइन् । घटनास्थलमा भेटिएको ‘सुसाइड नोट’मा किशोले छोरीको स्वास्थ्य राम्रो अवस्थामा ल्याउन नसकेकोमा ‘ग्लानि’ व्यक्त गरेका छन् ।
थाहा भएसम्मका अस्पताल र चिकित्सककहाँ लैजाँदा पनि छोरीको स्वास्थ्य तन्दुरुस्त बनाउन नसकेको भन्दै सुसाइड नोटमा उनले लेखेका छन्–‘तिम्रो लागि मैले धेरै गरेँ, तर केही सुधार ल्याउन सकिनँ, मलाई माफ गर।’
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार ‘नोट’मा उनले ५ लाख रुपैयाँ ऋण लागेका उल्लेख गरेका छन् । पैसा लिनुपर्ने र दिनुपर्ने व्यक्तिहरूको नाम पनि उल्लेख गरेका छन् । उनका पारिवारिक सदस्यहरूले ‘पारिवारिक विषय’ भएको भन्दै सुसाइड नोटबारे बताउन चाहेका छैनन् ।
‘सुसाइड नोट’ प्रहरीले अनुसन्धानका लागि लिएको छ । छोरी कृपाको हेरचाह किशोरलेनै गर्ने गरेको बताउँछन् छिमेकी उमेश भण्डारी । तर, त्यसरी माया गर्ने छोरीलाई उनैले हत्या गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण