भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु
बुधबार, २५ माघ २०७९, ०८ : ३३
टर्कीमा सोमबार गएको विनाशकारी भूकम्पमा परी टर्कीका गोलकिपरको मृत्यु भएको छ । गोलकिपर अहमेट इयुप तुर्कासलानाको भूकम्पका कारण मृत्यु भएको उनको क्लब येनी मालत्यास्पोरले पुष्टि गरेको छ ।
भूकम्पका कारण टर्की र सिरियामा झन्डै ८ हजार मानिसले ज्यान गुमाएका छन् ।
क्लबले आफ्नो ट्विटरमा भनेको छ, ‘हाम्रा गोलकिपर अहमेट इयुप तुर्कासलानले भूकम्पका कारण आफ्नो ज्यान गुमाए । हार्दिक श्रद्धाञ्जली । ’
‘हामी तपाईँलाई कहिल्यै बिर्सने छैनाैँ,’ यसमा थपिएको छ ।
२८ वर्षीय तुर्कासलानले २०२१ मा आबद्ध भएपछि टर्की डिभिजन क्लब येनी मालत्यास्पोरबाट ६ पटक खेलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण