१३ वर्षपछि ‘घटुवारे’ मार्फत निर्देशनमा कमब्याक गर्दै केपी
काठमाडौंँ । करिब १३ बर्ष अगाडि फिल्म ‘मैना’ निर्देशन गरेका केपी पाठक निर्देशनमा कमब्याक गर्ने भएका छन् । उनी ‘घटुवारे’ फिल्म मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन् । फिल्मको नाम चलचित्र विकाश बोर्डमा दर्ता भइसकेको छ । एउटा घट्ट चलाउने ब्यक्तिको कथामा निर्माण हुन लागेको फिल्मको लेखन अन्तिम चरणमा पुगेको छ । फिल्मका लागि कलाकार छनौटको क्रममा छन् । नयाँ तथा पुराना कलाकार लिएर फिल्म बनाउने योजना पाठकको छ ।
निर्देशक पाठक, पुरुषोतम बोहोरा र निरञ्जन सिग्देल निर्माता रहने फिल्म मौलिक तरिकाले निर्माण हुनेछ । ‘मौलिक कथामा, मौलिक तरिकाले फिल्म बनाउने योजना छ’, पाठकले भने, ‘वितरक लगायत कसैको पैसा नलिकन र कुनै दवाब बिना फिल्म बनाउँछौ ।’ फिल्म नेपाली हलमा प्रदर्शन हुन पनि सक्ने र नहुन पनि सक्ने बताउने पाठकले फिल्म निर्माणको तारगेट विभिन्न अन्तराष्ट्रिय महोत्सव रहेको सुनाए ।
फिल्म निर्देशक नगरेपनि पछिल्लो समय वृत्तचित्र निर्माण, फेष्टिभल आयोजना लगायत बिभिन्न फिल्मी गतिविधिमा भने उनी सक्रिय रहँदै आएका छन् । उनले केही अगाडि निर्माण गरेको वृतचित्र ‘गोरु पर्व’ ले विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा सहभागी हुँदै अवार्ड जित्न सफल भएको छ । फिल्मका लेखक पुरु लम्साल हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन सरोकारवालासँग छलफल
-
बीउको उत्पादन, बिक्री–वितरण र नियमन प्रभावकारी बनाउन बीउविजन नियमावली संशोधन
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण