टर्की : ‘भूकम्प कर’ को प्रयोगप्रति जनताको आक्रोश
बुधबार, २५ माघ २०७९, १३ : ४६

टर्की सरकारले दुई दशक भन्दा अघिदेखि लगाएको ‘भूकम्प कर’ को प्रयोगमा जनताको आक्रोश बढ्दै गएको छ । अनुमानित ८८ बिलियन लिराको अनुमानित रकम विपद् रोकथाम र आपत्कालीन सेवाहरूको विकासमा खर्च गरिने बताइएको थियो ।
सन् १९९९ मा उत्तर पश्चिम टर्कीमा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो । जब टर्कीमा भूकम्प जान्छ, यो करको बारेमा सधैँ प्रश्न सोधिन्छ । अधिकारीहरूले यसलाई ‘विशेष सञ्चार कर’ भन्छन् ।
बीबीसी टर्कीका अनुसार सरकारले यो रकम कसरी खर्च भयो भनेर सार्वजनिक रूपमा कहिल्यै खुलाएको छैन । ६१ वर्षीय सेलाल डेनिजका भाइ र भतिजा भग्नावशेषमुनि पुरिएका छन् । ‘सन् १९९९ देखि हामीले उठाएका सबै करहरू कहाँ गयो,’ उनले एएफपी समाचार संस्थालाई सोधेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम
-
अमेरिकाद्वारा संयुक्त अरब इमिरेट्ससँग २०० अर्बको सम्झौता
-
हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालयमा क्षति
-
युएईका सहायक मन्त्रीद्वारा परराष्ट्रमन्त्री राणासँग शिष्टाचार भेट
-
जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : प्रचण्ड
-
निर्मोही व्यासको ‘सम्झुँ कि बिर्सूँ’ लोकार्पण