टर्की : ‘भूकम्प कर’ को प्रयोगप्रति जनताको आक्रोश
बुधबार, २५ माघ २०७९, १३ : ४६
टर्की सरकारले दुई दशक भन्दा अघिदेखि लगाएको ‘भूकम्प कर’ को प्रयोगमा जनताको आक्रोश बढ्दै गएको छ । अनुमानित ८८ बिलियन लिराको अनुमानित रकम विपद् रोकथाम र आपत्कालीन सेवाहरूको विकासमा खर्च गरिने बताइएको थियो ।
सन् १९९९ मा उत्तर पश्चिम टर्कीमा शक्तिशाली भूकम्प गएपछि १७,००० भन्दा बढी मानिसको मृत्यु भएको थियो । जब टर्कीमा भूकम्प जान्छ, यो करको बारेमा सधैँ प्रश्न सोधिन्छ । अधिकारीहरूले यसलाई ‘विशेष सञ्चार कर’ भन्छन् ।
बीबीसी टर्कीका अनुसार सरकारले यो रकम कसरी खर्च भयो भनेर सार्वजनिक रूपमा कहिल्यै खुलाएको छैन । ६१ वर्षीय सेलाल डेनिजका भाइ र भतिजा भग्नावशेषमुनि पुरिएका छन् । ‘सन् १९९९ देखि हामीले उठाएका सबै करहरू कहाँ गयो,’ उनले एएफपी समाचार संस्थालाई सोधेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण