प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
बुधबार बेलुका प्रधानमन्त्री प्रचण्ड र खनालबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै एक घण्टा भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा दुई नेताबीच समसामयिक राजनीतिका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ ।
भेटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे कुराकानी भएको बुझिएको छ । साथै प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन आग्रह गरेको बुझिएको छ ।
फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा कांग्रेस र एमालेले आआफ्नै उम्मेदवार उठाउने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नुपर्ने पक्षमा छन् । खनाल यसअघि राष्ट्रपतिको उम्मेदवारका रूपमा चर्चामा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन–२ मा सत्ता गठबन्धनको उम्मेदवार जितनारायण
-
ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक
-
क्रिकेट रंगशाला निर्माणका क्रममा उठेको आर्थिक पारदर्शिताको सवाल
-
दुर्गेश र ‘ह्यान्सी ब्रो’ ले गरे प्रहरीमा मिलापत्र
-
उल्टो पैदलयात्रा गर्दै ६४ दिनमा मेचीबाट दाङ पुगे चौधरी दम्पती
-
दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछः सञ्चारमन्त्री शर्मा