बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक

बिहीबार, २६ माघ २०७९, १४ : ४७
बिहीबार, २६ माघ २०७९

दक्षिणी टर्की र उत्तरी सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुगेको छ । तर, समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १६ हजार नाघिसकेको छ ।

विश्व स्वास्थ्य सङ्गठनले खुला आकाशमुनि पानी, बिजुली र इन्धन नहुँदा भूकम्पपीडितका लागि कठिनाइ बढ्ने र कतिपयको ज्यानसमेत जान सक्ने आशङ्का व्यक्त गरेको छ ।

यस्तै, थप भूकम्प आउन सक्ने र तीव्रता पहिलाको भन्दा बढी हुन सक्ने पनि बताइएको छ । 

यसैबीच, उद्धारकर्मीहरू निरन्तर काम गरिरहेका छन्, तर भवनको भग्नावशेष मुनि दबेका मानिस जिउँदो हुने सम्भावना समय बित्दै जाँदा धुमिल हुँदै गइरहेको छ । 

दर्जनौँ बेलायती परोपकारी संस्थाहरूले प्रभावितहरूको लागि कोष जुटाउन मद्दतको लागि अपिल गरेका छन् ।

टर्कीले सिरियाको सिमानामा दुई वटा सीमा नाका खोल्ने आशा व्यक्त गरेको छ जसले गर्दा त्यहाँ राहत सामग्री ल्याउने बाटो खुल्ने गर्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप