टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक
दक्षिणी टर्की र उत्तरी सिरियामा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १६ हजार नजिक पुगेको छ । तर, समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १६ हजार नाघिसकेको छ ।
विश्व स्वास्थ्य सङ्गठनले खुला आकाशमुनि पानी, बिजुली र इन्धन नहुँदा भूकम्पपीडितका लागि कठिनाइ बढ्ने र कतिपयको ज्यानसमेत जान सक्ने आशङ्का व्यक्त गरेको छ ।
यस्तै, थप भूकम्प आउन सक्ने र तीव्रता पहिलाको भन्दा बढी हुन सक्ने पनि बताइएको छ ।
यसैबीच, उद्धारकर्मीहरू निरन्तर काम गरिरहेका छन्, तर भवनको भग्नावशेष मुनि दबेका मानिस जिउँदो हुने सम्भावना समय बित्दै जाँदा धुमिल हुँदै गइरहेको छ ।
दर्जनौँ बेलायती परोपकारी संस्थाहरूले प्रभावितहरूको लागि कोष जुटाउन मद्दतको लागि अपिल गरेका छन् ।
टर्कीले सिरियाको सिमानामा दुई वटा सीमा नाका खोल्ने आशा व्यक्त गरेको छ जसले गर्दा त्यहाँ राहत सामग्री ल्याउने बाटो खुल्ने गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण