शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

इयुद्वारा भूकम्प प्रभावित टर्कीका लागि ३६ उद्धार टोली परिचालन

बिहीबार, २६ माघ २०७९, १५ : ३५
बिहीबार, २६ माघ २०७९

ब्रसेल्स । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू  एवं  इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन्।  

भूकम्पबाट उत्पन्न संकट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले  सो कदम चालिएको बताएका छन् । 

टोलीमा करिब १ हजार ५ सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै एक सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको बताइएको छ ।   

इयु सुरक्षा टोलीहरू पनि समन्वयमा सहयोग गर्न खटाइएको उनले बताए ।  

सोमबार देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प गएपछि तुर्किएले  इयु नागरिक सुरक्षा संयन्त्र सक्रिय बनाएको छ ।   

यस किसिमको समूह युरोप र बाहिरका कुनै पनि देशका लागि  आवश्यक उद्धारका लागि तयार गरिएको हो । 

स्थानीय समय अनुसार सोमबार बिहान ४:१७ मा तुर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो।

टर्कीको दक्षिणी प्रान्त हाते र सिरियाको उत्तरी सहर एलेप्पोमा सबैभन्दा ठूलो जनधनको क्षति भएको छ । 

लेबनान, इजरायल र साइप्रसले पनि भूकम्पको धक्का महसुस गरेका छन् । इयुले भूकम्प प्रभावित देशहरूमा राहत र उद्धारको कामलाई तीव्रता दिएको जनाएको छ । (रासस-सिन्ह्वा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप