एमालेका नेता र उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय सदस्यको सूचीबाट हटायो

काठमाडौँ । नेकपा माओवादी केन्द्रले दुई जना केन्द्रीय सदस्यको नाम सूचीबाट हटाएको छ । एमालेमा प्रवेश गरिसकेका चितवनका यमबहादुर परियार र राष्ट्रियसभा उपाध्यक्ष चयन भएकी उर्मिला अर्यालको नाम माओवादीले केन्द्रीय समिति सदस्यको सूचीबाट हटाएको छ ।
बिहीबार माओवादी केन्द्रको भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समिति बैठकमा महासचिव देव गुरुङले दुबै जनाको नाम सूचीबाट हटाइएको जनकारी दिए । ‘फरक पार्टीमा गएकाको नाम भुलवस पर्न गएको देखियो’, गुरुङले भने, ‘कतिपय साथीहरु छुटेको देखिएको छ । यो संख्या नबढ्नगरी सो ठाउँमा साथीहरुलाई समेटिन्छ ।’
नेकपा माओवादी केन्द्रले हालै सम्पन्न स्थायी कमिटी बैठकबाट केन्द्रीय पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको थियो । माओवादी स्रोतका अनुसार पदाधिकारीमा अध्यक्ष प्रचण्डसहित २२ जना रहेका छन् । यस्तै स्थायी कमिटीमा ४४ जना, केन्द्रीय समितिमा ३८६ जना रहेका छन् । यस्तै वैकल्पिक केन्द्रीय समिति सदस्यमा २०२ जना रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केटाहरूसँग कुरा गर्न नपाएको झोकमा बाआमाको हत्या
-
बैंकर्सको चेतावनी : ‘बैंकमाथि चौतर्फी आक्रमण भए विदेशी लगानी रोकिन सक्छ’
-
कोरोना अपडेट : थप ४२ जनामा सङ्क्रमण
-
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
-
एसइई परीक्षाको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र
-
आईपीएल प्रिभ्यु : गुजरात भर्सेस चेन्नई, पुनरागमन गर्ने धोनीको आशा