भक्तपुरमा सवारी दुर्घटना, २ जनाको मृत्यु
भक्तपुर । नगरकोटबाट तेलकोटतर्फ आउँदै गरेको प्रदेश ०३–०२–००९ प ५५०३ नम्बरको मोटरसाइकल आज चाँगुनारायण नगरपालिका–६ बाख्रीगाउँमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौँ शङ्खरापुर नगरपालिका–५ पालुवारीका ४० वर्षीय शङ्खर भोलोन तामाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका तामाङको सुस्मा मेमोरियल अस्पताल साँखु काठमाडौंमा उपचारकै क्रममा आजै मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए । त्यस्तै काभ्रेको बनेपाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बा ४ ख ८९१२ नं को बसलाई सोही दिशाबाट आउँदै गरेको बा ९९ प. ३४८५ नं को स्कुटीले ओभरटेक गर्ने क्रममा सूर्यविनायक नगरपालिका–९ जोरपाटीमा बसमा ठक्कर खाएर दुर्घटना हुँदा स्कुटर चालक धनकुटा खोलीखर्क गाउँपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ झौखेल बस्ने ३९ वर्षीया ओमकुमारी श्रेष्ठको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भई उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारकै क्रममा आजै मृत्यु भएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । दुवै दुर्घटनाका सवारी साधन र बस चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका–२ ईताछे बस्ने ४१ वर्षीय दयाराम देशेमरुलाई प्रहरीले लिई दुवै घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण