६ महिनामा ३ अर्ब १५ करोडको प्याज आयात
शनिबार, २८ माघ २०७९, ११ : २०
काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा विदेशबाट ३ अर्ब २३ करोड रुपैयाँभन्दा बढीको प्याज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको साउनदेखि पुस महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको प्याज आयात भएको हो ।
यस अवधिमा ८ करोड ६३ लाख ८६ हजार किलोग्राम प्याज भित्रिएको छ । यसबापत आयातकर्ताले राज्यलाई ३४ करोड ३ लाख ६६ हजार रुपैयाँ भन्सार राजश्व बुुझाएका छन् । नेपालमा भारत र चीनबाट प्याज आयात हुँदै आएको छ ।
यस अवधिमा चीनबाट २ करोड ७५ लाख रुपैयाँको प्याज आयात हुँदा बाँकी सबै भारतबाट आयात भएको छ । भारतबाट ३ अर्ब २० करोड रुपैयाँभन्दा धेरैको प्याज भित्रिएको तथ्यांक विभागले सार्वजनिक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण