सरकार पाँच वर्ष टिक्छ : मन्त्री यादव
रौतहट । मधेस प्रदेश सरकारका भौतिक पूर्वाधर विकास मन्त्री सरोज यादवले यहि सरकार ५ वर्ष रहने बताएका छन् । शनिबार चन्द्रनिगाहपुरमा आयोजित नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममालाई सम्बोधन गर्दै मन्त्र यादवले सो कुरा बताएका हुन् ।
मन्त्री यादवले अरु प्रदेशमा सत्ता गठबन्धनबीच कुनै बिषयमा फरक पर्न सक्ने तर मधेसमा गठबन्धन मिलेर ५ वर्ष सरकार चलाउने दावी गरे । मुख्यमन्त्रीसँग सहमति भएकाले सरकारको आयुमा कमी नहुने समेत मन्त्री यादवको भनाई थियो ।
कार्यक्रममा मधेश प्रदेश सरकारका गृह तथा सञ्चार राज्यमन्त्री केशव राय चौधरीले जिल्लाको विकासका लागि जनतासँग दुःख सुखमा सधै साथमै रहने बताए । भेटघाट कार्यक्रममा चन्द्रपुर, बृन्दावन तथा गुजरा नगरपालिकाका नेकपा एमालेका अगुवा नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको एमाले मधेश प्रदेश कमिटीका उपसचिव आरती भण्डारीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण