मुद्रास्फीति नियन्त्रण गर्न भारतले गहुँको थोक मूल्य घटायो
एजेन्सी
नयाँ दिल्ली । मुद्रास्फीति नियन्त्रण गर्ने उद्देश्यले भारतको केन्द्र सरकारले शुक्रबार थोक व्यापारीलाई बेच्ने गहुँको मूल्य घटाउने निर्णय गरेको छ ।समाचार एजेन्सी पीटीआईका अनुसार सरकारले ढुवानी खर्च छुट दिँदै २ हजार ३५० रुपैयाँ आरक्षित मूल्यमा मात्रै गहुँ बिक्री गर्ने निर्णय गरेको छ । यो गहुँको बिक्री देशभर ई–लिलामी मार्फत हुनेछ।
सरकारले नाफेड, राष्ट्रिय सहकारी उपभोक्ता महासङ्घ र केन्द्रीय भण्डारलाई बेच्ने गहुँको मूल्य पनि २ रुपैयाँ घटाएको छ । अब यो गहुँ रु २३.५ को सट्टा २१.५ रुपैयामा बिक्री हुनेछ ।
यी संस्थाले यही गहुँबाट पीठो बनाएर खुल्ला बजारमा बिक्री गर्ने गरेका छन् । सरकारले यो पिठोको मूल्य २९.५ रुपैयाँको सट्टा २७.५ रुपैयाँ तोकेको छ । यसअघि सरकारले गहुँ र पिठोको मूल्यमा लगाम लगाउने उद्देश्यले ‘खुला बजार बिक्री योजना (ओएमएस)’ अन्तर्गत आफ्नो बफर स्टकबाट ३० लाख टन गहुँ खुल्ला बजारमा उपलब्ध गराउने घोषणा गरेको थियो ।
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण