टर्की–सिरिया भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघ्यो
टर्की र सिरियामा यस हप्ताको भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या २८ हजार नाघेको छ । तर, ६ दिन बितिसकेपछि भने अहिले भग्नावशेषबाट मानिसलाई जीवित उद्धार गर्ने आशा मरेको छ ।
यसैबीच, शनिवार जर्मन उद्धार टोली र अस्ट्रियाली सेनाले अज्ञात समूहहरू बीचको झडपलाई उद्धृत गर्दै टर्कीमा आफ्नो खोजी कार्य रोकेका छन् ।
सञ्चारमाध्यमका अनुसार लुटपाटको आरोपमा करिब ५० जनालाई पक्राउ गरिएको छ । उनीहरूबाट थुपै बन्दुकसमेत जफत गरिएको छ ।
टर्कीका राष्ट्रपतिले कानुन उल्लङ्घन गर्नेलाई सजाय दिन आफ्नो आपत्कालीन शक्ति प्रयोग गर्ने बताएका छन् । यसैबीच, एक उद्धारकर्मीले खाद्यान्न आपूर्तिमा कमी आएका कारण सुरक्षा अवस्था बिग्रने अनुमान गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घका सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले यस प्रकोपको सामना गर्न तत्काल चिकित्सा सहायता उपलब्ध गराउन आवश्यक रहेको बताएका छन् ।
उनका अनुसार फिल्ड अस्पतालसँगै बाँचेकालाई खाना र बासको व्यवस्था पनि गर्नुपर्ने हुन्छ ।
टर्कीले आर्मेनियाबाट सहयोग पायो
यहाँ, पछिल्लो ३० वर्षमा पहिलो पटक टर्की र आर्मेनिया बीचको अलिकन पोस्ट टर्कीलाई मानवीय राहत प्रदान गर्न खोलिएको छ ।
खाना, पानी र औषधि बोकेका ट्रकहरूले पहिलो पटक यो पोस्ट पार गरे । यी दुई छिमेकीबीच दशकौँदेखि सीमा नाका बन्द छन् र सम्बन्ध पनि चिसो छ ।
आर्मेनिया लागि टर्कीका विशेष दूत सरदार किलिकले अधिकारीहरूलाई धन्यवाद दिँदै आर्मेनियाली जनताले पठाएको यो सहयोगलाई आफूले सधैं सम्झने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण