हिमाली जिल्लामा तुरुन्तै किताब उपलब्ध गराउन सांसद शाहीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले हिमाली जिल्लाहरूमा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भएकाले तुरुन्तै किताब उपलब्ध गराउन माग गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हिमाली जिल्लामा मंसिरमा परीक्षा सकिन्छ । फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुन्छ । तर अहिलेसम्म किताब पु¥याइएको छैन । सूचना अनुसार ७७ जिल्लामा वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरु हुने भनेको छ । हिमाली जिल्ला सबै ठाउँमा यही फागुन १ गतेबाट शैक्षिक सत्र सुरु हुँदैछ । बाँकी दुई महिना त्यहाँका विद्यार्थीले गुच्चा खेल्नका लागि होइन सभामुख महोदय । सरकारले मतपत्र छाप्न सक्छ त किताब छाप्न किन सक्दैन ? छिटोभन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’
उनले मतपत्र छाप्न सक्ने सरकारले किन समयमै पुस्तक छाप्न सक्दैन भन्ने प्रश्न समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध घुसपैठ रोक्न भारतसँगको सबै सीमा नाकामा उच्च निगरानी
-
आशाको सञ्चार गराउनु मिडियाको प्रमुख दायित्व हो : अध्यक्ष बस्नेत
-
आईपीएल : प्रभसिमरनको शानदार ब्याटिङ, लखनउसामु २ सय ३७ रनको लक्ष्य
-
‘ऊनको स्वीटर’ वर्षौंसम्म सम्झिने चलचित्र बनेको छ : अभिनेता विपिन कार्की
-
कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबाछोरीको मृत्यु
-
कुमाल गाउँका ८० जनाले सिके पाउदुरे नाच